0 प्रतिक्रिया
रौतहटमा एक बर्षभित्र ५६५ मानब अधिकार उल्लंघनका घटना
AI सारांश
Fast AI१. रौतहट जिल्लामा पछिल्लो एक बर्षको अवधिमा ५६५ वटा मानव अधिकार उलंघनको घटना भएको मानव अधिकार क्षेत्रमा काम गर्ने संस्था इन्सेकले सार्वजनिक गरेको छ।
२. बाल अधिकार अन्तर्गत बलात्कार, यौन दुर्ब्यबहार, महिला अधिकार अन्तर्गत बैबाहिक बलात्कार, बलात्कार र यौन दुर्ब्यबहारका घटनाहरु जातिय छुवाछूत, बोक्सिको आरोप, कुटपिट, अमानबिय ब्यबहार, गोलि प्रहार, परिवारजनबाट हत्या अपहरण तथा शरीर बन्धक गरि बलात्कार घरेलु हिंसा आत्महत्या दुरुस्साहन पत्रकार माथि कुटपिट तथा दुर्ब्यबहार गरि कुल ५६५ घटनाहरु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
३. हिंसाका घटनाहरुको न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम मात्र नभैइ मान्छेमा भएको सोच चिन्तन परिबर्तन हुनु पर्ने इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जोड दिएका थिए।
सञ्जय मिश्रा, रौतहट । रौतहटमा पछिल्लो एक बर्षको अवधिमा ५६५ वटा मानव अधिकार उलंघनको घटना भएको सार्वजनिक भएको छ । जिल्लामा २०८० पुस १७ देखि २०८१ पुस ३ गते सम्मको अबधिमा ५६५ मानव अधिकार उलंघनको घटना भएको मानव अधिकार क्षेत्रमा काम गर्ने संस्था इन्सेकले सार्बजनिक गरेको हो ।
नेपाल मानब अधिकार बर्ष पुस्तक २०२५ प्रकाशन पुर्व बार्षिक समिक्षा कार्यक्रममा आईतवार गरुडा नगरपालिकाको सभा हलमा रौतहट स्थित इन्सेककी प्रतिनिधी गौरी न्यौपानेले उक्त घटना बारे प्रतिबेदन सार्वजनिक गरेकी थिइन् ।
बाल अधिकार अन्तर्गत बलात्कार ,यौन दुर्ब्यबहार, महिला अधिकार अन्तर्गत बैबाहिक बलात्कार , बलात्कार र यौन दुर्ब्यबहारका घटनाहरु जातिय छुवाछूत , बोक्सिको आरोप, कुटपिट , अमानबिय ब्यबहार, गोलि प्रहार, परिवारजनबाट हत्या , अपहरण तथा शरीर बन्धक गरि बलात्कार घरेलु हिंसा आत्महत्या दुरुस्साहन पत्रकार माथि कुटपिट तथा दुर्ब्यबहार गरि कुल ५६५ घटनाहरु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
इन्सेक रौतहट र गरुडा नगरपालिकाको सहकार्यमा भएको समिक्षा कार्यक्रमका सहभागीहरुले हिंसाका यस्ता घटनाहरु न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम आबस्यक रहेको बताएका थिए।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले मानब अधिकार उलंघनका घटनाहरुको न्यूनीकरण गर्नको लागि सचेतनामुलक कार्यक्रम मात्र नभैइ मान्छेमा भएको सोच चिन्तन परिबर्तन हुनु पर्नेमा जोड दिएका थिए। गैर सरकारी संस्था आर डि सि नेपालका प्रतिनिधि सन्जु खड्काले हिंसाका घटना हरुको नियन्त्रणको लागि सम्बन्धीत निकायहरुले आ आफ्नो स्थानबाट सचेतनामुलक कार्यक्रम र सडक नाटक गर्न सकिने बताएकी थिइन्।इलाका प्रशासन कार्यालय गरुडाका प्रमुख रामसागर राय यादबले इन्सेकले प्रत्येक बर्ष प्रकाशन गर्ने बर्ष पुस्तकले घटना अभिलेखिकरणमा महत्त्वपूर्ण भुमिका खेलेको बताएका थिए।
गरुडा नगरपालिकाकी उपमेयर पुनम चौधरीले नागरिकको राजनैतिक अधिकार सगै सामाजिक, सास्कृतिक र वातावरणिय अधिकारका बिषय बस्तुलाई पनि यस पुस्तकले महत्त्वपूर्ण स्थान दिनेमा विश्वस्त रहेको विचार राखेकी थिइन्।
कार्यक्रममा रोयम नेपाल, गुजरा युवा क्लब, स्वास्थ प्रमुख, उद्योग बाणिज्य संघ र नागरिक समाज र सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









