0 प्रतिक्रिया
भद्रपुर-जलथल-राजगढ सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम बढ्दै
AI सारांश
Fast AI१. भद्रपुरस्थित झापाचोकबाट जलथल हुँदै राजगढ जोड्ने हुलाकी राजमार्गअन्तर्गतको सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै विभिन्न स्थानमा भत्किन थालेपछि यात्रु तथा स्थानीयले सास्ती खेप्नुपरेको छ।
२. सडकका ठाउँठाउँमा ठूला खाल्डाखुल्डी पर्नुका साथै पुल र कल्भर्ट निर्माण अधुरै रहेकाले दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयवासीको गुनासो छ।
३. स्थानीयवासीले सडक निर्माणमा लापरवाही भएको आरोप लगाउँदै सम्बन्धित निकायबाट गुणस्तरीय निर्माण तथा प्रभावकारी अनुगमनको माग गरेका छन्।
भद्रपुर (झापा), १ जेठः भद्रपुरस्थित झापाचोकबाट जलथल हुँदै राजगढ जोड्ने हुलाकी राजमार्गअन्तर्गतको सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै विभिन्न स्थानमा भत्किन थालेपछि यात्रु तथा स्थानीयले सास्ती खेप्नुपरेको छ। सडकका ठाउँठाउँमा ठूला खाल्डाखुल्डी पर्नुका साथै पुल र कल्भर्ट निर्माण अधुरै रहेकाले दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयवासीको गुनासो छ।
स्थानीय नेत्रविक्रम बिमलीका अनुसार विशेषगरी हल्दीबारी गाउँपालिकाको वडा नं ३, ४ र ५ क्षेत्रमा पर्ने भुतेनी खोला र भुसुडी खोलामा निर्माण अपूरो अवस्थामा रहेकाले सवारी आवागमनमा समस्या भइरहेको छ। “सडक भत्किएको छ, पुल र कल्भर्ट पनि पूर्ण रूपमा बनेका छैनन्”, उहाँले भन्नुभयो, “दैनिक यात्रा गर्न जोखिमपूर्ण अवस्था छ।”
स्थानीयवासीका अनुसार सडकमा भएका खाल्डाखुल्डीका कारण साना तथा ठूला सवारीसाधन दुर्घटनामा पर्ने क्रम बढ्दो छ। वर्षायाम सुरु हुन लागेकाले सडकको अवस्था अझ जोखिमपूर्ण बन्न सक्नेमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले सडकको दयनीय अवस्थाबारे गाउँपालिकाले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि हालसम्म सुधारको काम अघि नबढेको बताउनुभयो । “सडकको अवस्थाले सर्वसाधारणलाई दैनिक सास्ती भइरहेको छ”, उहाँले भन्नुभयो, “पालिकाले पटकपटक ताकेता गरे पनि सम्बन्धित आयोजनाबाट अपेक्षित प्रतिक्रिया आएको छैन।”
हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापाले निर्माण सम्पन्न भएको छोटो समयमै सडक भत्किन थालेपछि निर्माणको गुणस्तरीयतामाथि प्रश्न उठेको बताउनुभयो। उहाँले सडकमा दैनिकजसो दुर्घटनाको जोखिम बढिरहेको उल्लेख गर्दै समयमा मर्मत तथा सुधार नगरे थप क्षति हुनसक्नेतर्फ सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो।
हल्दीबारीका स्थानीय प्रल्हाद सेलवालले वर्षायाममात्र नभई हिउँदमा समेत अधुरा पुल र कल्भर्टका कारण स्थानीयवासीले यात्रामा समस्या भोग्नुपरेको बताउनुभयो। “सडक निर्माण भएपछि सहज यात्रा हुने अपेक्षा गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर अहिले झन जोखिमपूर्ण अवस्थामा आवागमन गर्नुपर्ने बाध्यता छ।”
स्थानीयवासीले सडक निर्माणमा लापरवाही भएको आरोप लगाउँदै सम्बन्धित निकायबाट गुणस्तरीय निर्माण तथा प्रभावकारी अनुगमनको माग गरेका छन्। सडक निर्माणमा प्रयोग गरिएको सामग्रीको गुणस्तर र प्राविधिक निगरानीमाथि पनि प्रश्न उठ्न थालेको छ।
यसैबीच, हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत आयोजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासले झापाचोकबाट राजगढपारिसम्मको १९ दशमलव ५० किलोमिटर सडकखण्ड निर्माण व्यवसायीले हालसम्म औपचारिक रूपमा हस्तान्तरण नगरेको जानकारी दिनुभयो।
उहाँका अनुसार उक्त सडक निर्माणको ठेक्का आशिष याक्थुङहाङ जेभीले लिएको हो। निर्माण कम्पनी अहिले ‘त्रुटि सच्याउने अवधि’मा रहेकाले भत्किएका तथा बिग्रिएका संरचनाको मर्मत पनि सोही कम्पनीले गर्ने उहाँले बताउनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









