0 प्रतिक्रिया
एथलेटिक्स संघद्धारा जवेगु सम्मानीत
AI सारांश
Fast AI१. जिल्ला एथलेटिक्स संघ पाँचथरले इन्द्रमाया जवेगुलाई सम्मानपत्रद्धारा सम्मान गरको छ।
२. पाँचथर जिल्लाका ओसन राईले ५ कि.मि दौडमा र पुष्पा शेर्माले ५ कि.मि दौडमा दोस्रो स्थान हासिल गरेका छन्।
३. जिल्ला एथलेटिक्स संघ पाँचथरले चैत्र २३ गतेदेखी ३० गतेसम्म सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलमा एथलेटिक्स संघ पाँचथरबाट प्रतिनिधित्व गराई इतिहास राख्ने लक्ष्ये रहेको छ।
पाँचथर। जिल्ला एथलेटिक्स संघ पाँचथरले इन्द्रमाया जवेगुलाई सम्मानपत्रद्धारा सम्मान गरको छ।
एथलेटिक्स संघ पाँचथरले फागुन १४ गते वुधबार आफ्नो दोस्रो वेठकको अवशरमा संघका सदस्य जवेगुलाई सम्मान गरेको हो।
जवेगुले संघलाई चलायमान राख्न र खेलकुद विकासको निमित्त नगद २५ हजार आर्थिक सहयोग गर्नुभएको छ। ५३ वर्षीया जवेगुले आर्थिक मात्र नभएर भौतिक सहयोग पनि गरिरहनु भएको एथलेटिक्स संघ पाँचथरका अध्यक्ष पुर्णहाङ तुम्बापो (रेन्जो)को भनाई छ। उहाँ स्वयम लव्रेकुटी–सिलौटी–फाल्गुनन्द हाफ म्यारथन, सुम्हात्लुङ मिनि म्याराथन लगायत जिल्ला बाहिर हुने म्यारथनमा पनि सहभागि जनाएर खेलाडीहरुलाई हौसला प्रदान गरिरहनु भएको छ। उहाँको यो योगदान र साहसको कदर गर्दै उहाँलाई सम्मान गरिएको तुम्बापोको भनाई छ।
हालै कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा फागुन १३ गतेदेखी विराटनगरमा प्रदेश खेलकुद महोत्सव–२०८१ सञ्चालन भइरहेको छ। जसमा कोशी प्रदेश स्तरीय पुरुष÷महिला एथलेटिक्समा पाँचथर जिल्लालाई प्रतिनिधित्व गर्दै आशिष सावदेनको प्रशिक्षकमा १०० मि दौडमा लक्ष्मण चेम्जोङ, ५ कि.मि दौडमा ओशन राई, ज्यावलिङ थ्रोमा सुजन मगरको सहभागिता रहेको थियो।
त्यस्तै महिलातर्फ १०० मि. दौडमा समिक्षा परियार, ५ कि.मि दौडमा पुष्पा शेर्मा र ज्यावलिङ थ्रोमा ललिता वाग्लेले सहभागिता जनाएका थिए।
उक्त प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगितामा पाँचथरका २१ वर्षीय ओसन राईले ५ कि.मि दौड १५ मिनेट ४७ सेकेन्डमा पार गरेर दोस्रो स्थान हासिल गरेका छन् भने महिलातर्फ पाँचथरकै १८ वर्षीया पुष्पा शेर्माले २० मिनेट १३ सेकेण्डमा ५ कि.मि दौड पार गदै दोस्रो स्थान हासिल गर्न सफल भएकी छन्।
उनीहरु दुवैजनालाई जिल्ला एथलेटिक्स संघ पाँचथरले सम्मान गर्ने दोस्रो वैठकबाट निर्णय भएको संघका उपाध्यक्ष भिम चेम्जोङले बताउनुभएको छ। पाँचथरमा एथलेटिक्स संघ २०८१ दर्ता भएको हो।
संघले जिल्लामा विभिन्न प्रतियोगिता गराई खेलाडीको क्षमता बृद्धि गरेका कारण पनि कोशी प्रदेश स्तरीय खेलमा मेडल हात पार्न सफल भएको अध्यक्ष तुम्बापोको भनाई छ। उहाँका अुनसार चैत्र २३ गतेदेखी ३० गतेसम्म सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलमा एथलेटिक्स संघ पाँचथरबाट प्रतिनिधित्व गराई इतिहास राख्ने लक्ष्ये रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









