0 प्रतिक्रिया
महिला एशिया कप: आज नेपालले पाकिस्तानको सामना गर्दै
AI सारांश
Fast AIनेपाली महिला क्रिकेट टिमले महिला एशिया कपमा विजयी शुरुवात गरेको छ । नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो । नेपालले आज पाकिस्तानको सामना गर्न लागेको छ, जुन खेल साँझ ७:१५ बजेदेखि शुरु हुने छ ।
नेपाल र भारत समुह ए मा २-२ अंकसहित पहिलो र दोस्रो स्थानमा छन्, जबकि पाकिस्तान र युएईले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । नेपालले समुह ए को तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।
नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी रहेका छन् ।
काठमाडौँ । जारी महिला एशिया कपमा विजयी शुरुवात गरेको नेपालले आज पाकिस्तानको सामना गर्दै छ ।
आज साँझ ७: १५ बजेदेखि शुरु हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्न लागेको हो ।
नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो । समुह ए अन्तर्गत आजै भारत र युएई अपराहन्न २: १५ बजेदेखि खेल्दै छन् ।
समुह ए मा भारत र नेपाल २-२ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र युएईले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।
नेपालले समुह ए को तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।
एशिया कप खेल्ने नेपाली टिम:
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











