+
+

बंगलादेशका प्रधानमन्त्री युनुस पहिलो बिदेश यात्रामा निस्कदैँ

66 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ पुष ३, बुधबार ११:०४
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:

१. बंगलादेशका मुख्य सल्लाहकार मोहम्मद युनुस इजिप्टको कायरोमा आयोजना हुन गइरहेको डी–८ शिखर सम्मेलनमा भाग लिन बिदेश यात्रामा निस्कने भएका छन्।

२. शिखर सम्मेलनका क्रममा युनुससँग धेरै भेटघाट हुने सम्भावना रहेको छ, जसमा इरानका राष्ट्रपति, टर्कीका राष्ट्रपति, इन्डोनेसियाका राष्ट्रपति, पाकिस्तानका प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिलगायतले भाग लिनेछन्।

३. डी–८ शिखर सम्मेलन डिसेम्बर १८–२० मा कायरो हुने छ, जसमा आर्थिक सहयोगलाई सुदृढ गर्न र सदस्य राष्ट्रहरूबीच दिगो विकासका लागि साझा दृष्टिकोणको रूपरेखा बनाउन नेताहरूलाई एकसाथ ल्याउने छ।

ढाका, ३ पुस । पहिलो पटक सरकारका प्रमुख सल्लाहकार (सरकार प्रमुख) मोहम्मद युनुस बिदेश यात्रामा निस्कने भएका छन ।

बिहीबार इजिप्टको कायरोमा आयोजना हुन गइरहेको डी–८ शिखर सम्मेलनको ११ औँ संस्करणमा भाग लिन मुख्य सल्लाहकार युनुस त्यसतर्फ जान लागेका हुन ।

मुख्य सल्लाहकार बुधवार बिहान इजिप्टको कायरोको लागि ढाकाबाट प्रस्थान गर्ने कार्यक्रम छ, उनका प्रेस सचिव अपूर्व जहाँगीरले जानकारी दिए ।

शिखर सम्मेलनका क्रममा डा युनुससँग धेरै भेटघाट हुने सम्भावना रहेको र त्यसको तयारी भइरहेको बंगलादेशको बिदेश मन्त्रालयले जनाएको छ ।  कायरोमा आयोजित डी ८ आयोगको बैठकको ४७ औं सत्रको साथ यो हप्ता महत्वपुर्ण मानिएको छ ।

यी बैठकहरूले आर्थिक सहयोगलाई सुदृढ गर्न र सदस्य राष्ट्रहरूबीच दिगो विकासका लागि साझा दृष्टिकोणको रूपरेखा बनाउन नेताहरूलाई एकसाथ ल्याउने छ। आर्थिक सहयोगका लागि डी ८ संगठन, जसलाई डेभलोपिङ–८ पनि भनिन्छ । जसमा बंगलादेशसहित इजिप्ट, इन्डोनेसिया, इरान, मलेसिया, नाइजेरिया, पाकिस्तान र टर्कीसम्मिलित विकास सहयोगको एउटा संस्था हो। 

इरानका राष्ट्रपति मसुद पेजेस्कियान, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुब्यान्टो, पाकिस्तानका प्रधानमन्त्री सेहबाज शरीफ र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीलगायतले शिखर सम्मेलनमा प्रोफेसर युनुससँग सामेल हुनेछन् । 

डेभलपिङ एट शिखर सम्मेलन डिसेम्बर १८–२० मा कायरो हुदैँछ । शेख हसिनाको सत्ता पतन भए पछि सरकार प्रमुख बनेका युनुस पहिलो पटक बिदेश यात्रामा निस्कन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win