+
+

संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि

116 पटक हेरिएको
Clock २०८१ माघ १७, बिहीबार २१:२३
-- Sponsored --

AI सारांश

Fast AI

यस प्रतियोगिताको सारांश निम्नानुसार छ:

* संकटाले बागमती प्रदेशलाई टाइब्रेकरमा पराजित गर्दै सभापति कप फुटबल प्रतियोगिता जित्यो।
* दशरथ रंगशालामा सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो, जसकारण खेल टाइब्रेकरमा पुगेको थियो।
* संकटाले ४–३ ले टाइब्रेकर जित्यो र २६ लाख रुपैयाँको उपाधि हात पार्यो, जबकि बागमतीले १३ लाख रुपैयाँ हात पार्यो।

काठमाडौं। टाइब्रेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) लाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले सभापति कप फुटबल प्रतियोगिता जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। योसँगै खेल टाइब्रेकरमा पुगेको हो।

टाइब्रेकरमा संकटाले ४–३ ले बाजी मार्‍यो। उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ हात पार्‍यो। बागमतीले भने १३ लाख रुपैयाँमा चित्त बुझायो। संकटाका राम थापा र रोशन पहारीको प्रहार विकेश कुथुले रोके। तर, लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे।

बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गर्न सके। कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोलरक्षक दीप कार्कीले रोके। रजत तिवारीको प्रहार माथिल्लो बारबाट बाहिरियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win