+
+

गाउँपालिका अध्यक्षद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

116 पटक हेरिएको
Clock २०८२ मंसिर ४, बिहीबार २१:३७
-- Sponsored --

AI सारांश

Fast AI

१. कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले कुम्मायक–५ को गुह्येश्वरी आधारभूत विद्यालय दुम्सिपोखरीका ४१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको छ।
२. लावतीले आफुले पाउने सेवा सुविधाको ७ हजार रुपैयाँबाट कक्षा १–८ का ४१ जना बिद्यार्थीहरुलाई कपी, कलम र पेन्सिल सहितका शैक्षिक सामाग्री बितरण गर्नुभएको हो।
३. अनिवार्य अवकास प्राप्त शिक्षक खगेन्द्र खतिवडालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर बिदाई गरिएको थियो र उनले विद्यालयमा २० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

मनोज थापा

यासोक-पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको छ। विहिवार कुम्मायक–५ को गुह्येश्वरी आधारभूत विद्यालय दुम्सिपोखरीका ४१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको हो।
लावतीले आफुले पाउने सेवा सुविधाको ७ हजार रुपैयाँबाट कक्षा १–८ का ४१ जना बिद्यार्थीहरुलाई कपी, कलम र पेन्सिल सहितका शैक्षिक सामाग्री बितरण गर्नुभएको हो। विद्यालयका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार गर्दै पठनपाठनमा सहयोग पु¥याउने उदेश्यले शैक्षिक सामाग्री वितरण गरेको उहाँको भनाइ छ। आफुले पालिकाबाट पाउँदै आएको तलब र भत्ताको रकमबाट बिपन्न, असाय र विद्यालयका बालबालिकाहरुलाई सहयोग गर्दै आएको स्मरण गर्दै यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो। उहाँले विद्यालयको शैक्षिक गुणस्तरसंगै भौतिक क्षेत्रको विकासका लागि घेराबार र खेलमैदान व्यवस्थापनमा पहल गर्ने बताउनुभयो।
लावतीले विद्यालयका बालिबालिकाहरुको पठनपाठनमा शैक्षिक सामाग्री वितरण गरी योग्दान पु¥याएको भन्दै विद्यालयका अभिभावक सेर बहादुर थापा र पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गा प्रसाद बंम्जनले प्रशंसा गर्नुभयो। सोही कार्यक्रममा अनिवार्य अवकास प्राप्त शिक्षक खगेन्द्र खतिवडाको विदाई र शिक्षक मनोज ठटालको स्वागत गरिएको थियो। अवकास प्राप्त शिक्षक खतिवडालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर बिदाई गरिएको थियो।
शैक्षिक क्षेत्रमा लामो समयसम्म काम गरेको स्मरण गर्दै खतिवडाले विद्यालयमा २० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

त्यस्तै इलाका प्रहरी कार्यालय यासोकका प्रमुख मदनकुमार मौनालीले असल अभिभावको भूमिका निर्वाह गर्दै बालबालिकाहरुलाई नकरात्मक बिषयबाट टाढा राख्न आग्रह गर्नुभयो। उहाँले समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत गाउँपालिकाबासीहरुलाई सजग र सचेत गराउँदै आएको प्रष्ट पार्नुभयो। शैक्षिक सामाग्री बितरण तथा शिक्षक स्वागत तथा विदाई कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win