+
+

एमाले पाँचथर जिल्ला इन्चार्जको जिम्मेवारी पुनः नेम्वाङलाई

385 पटक हेरिएको
Clock २०८२ पुष २२, मंगलवार २१:५५
-- Sponsored --

AI सारांश

Fast AI

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथर जिल्ला इन्चार्जको जिम्मेवारी पुनः संविधान सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य आइन्द्र सुन्दर नेम्वाङलाई तोकिएको छ। यसअघि पनि नेम्वाङ केन्द्रीय सदस्यको जिम्मेवारीसँगै पाँचथर जिल्ला इन्चार्जको भूमिकामा रहनुभएको थियो। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति खुला क्लष्टरबाट १,६९९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित नेम्वाङलाई जिल्लामा पार्टी संगठन सुदृढीकरण, गतिविधि विस्तार तथा स्थानीय तहसँगको समन्वयलाई अझ प्रभावकारी बनाउन पुनः जिम्मेवारी दिइएको हो।

निर्णयको प्रकार:
३ निर्णयहरु छन:
१. आइन्द्र सुन्दर नेम्वाङलाई पाँचथर जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ।
२. शेरधन राईलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।
३. अन्य जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकिएको छ।

पाँचथर । नेकपा (एमाले) पाँचथर जिल्ला इन्चार्जको जिम्मेवारी पुनः संविधान सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य आइन्द्र सुन्दर नेम्वाङलाई तोकिएको छ। मंगलबार बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई पाँचथर जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति खुला क्लष्टरबाट १,६९९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित नेम्वाङलाई जिल्लामा पार्टी संगठन सुदृढीकरण, गतिविधि विस्तार तथा स्थानीय तहसँगको समन्वयलाई अझ प्रभावकारी बनाउन पुनः जिम्मेवारी दिइएको हो। यसअघि पनि नेम्वाङ केन्द्रीय सदस्यको जिम्मेवारीसँगै पाँचथर जिल्ला इन्चार्जको भूमिकामा रहनुभएको थियो।

यसैबीच, सोही सचिवालय बैठकले पार्टी सचिव तथा पूर्वमुख्यमन्त्री शेरधन राईलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। बैठकले कोशी प्रदेशअन्तर्गतका अन्य जिल्लाका जिल्ला इन्चार्जहरूको जिम्मेवारीसमेत तोकेको छ।

बैठकको निर्णयअनुसार कोशी प्रदेशअन्तर्गतका जिल्ला इन्चार्जहरू यसप्रकार छन्— ताप्लेजुङ– तिलकुमार मेयाङ्बो, पाँचथर– आइन्द्र सुन्दर नेम्वाङ, इलाम– राम राना, झापा– रोम ओली, मोरङ– ऋषिकेश पोखरेल, सुनसरी– जगदीश कुसियैत, उदयपुर– मञ्जु चौधरी, खोटाङ– विशाल भट्टराई, ओखलढुङ्गा– यज्ञराज सुनुवार, सोलुखुम्बु– मानवीर राई, भोजपुर– हेमराज राई, सङ्खुवासभा– तुलसी न्यौपाने, तेह्रथुम– विष्णुमाया विक र धनकुटा– राजेन्द्र राई।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win