+
+

मिलनकेन्द्र पाँचथरमार्फत संविधानसभा सदस्य नेम्बाङले गरे क्यान वितरण

280 पटक हेरिएको
Clock २०८१ चैत्र १३, बुधबार १८:५९
-- Sponsored --

AI सारांश

Fast AI

१. नेकपा एमाले पाँचथर जिल्ला इन्चार्ज आइन्द्र सुन्दर नेम्बाङले मिलन केन्द्र पाँचथरमार्फत पशुपालक कृषकहरुलाई दुधबोक्ने क्यान वितरण गर्नुभएको छ।
२. मिक्लाजुङ गाउँपालिका–१ साराङडाँडामा रहेको विमला डेरी उद्योगमा आवद्ध ५९ जना पशुपालक कृषकहरुलाई नेम्बाङले क्यान वितरण गर्नुभएको हो।
३. ५९ जना कृषकहरुमध्ये १० लिटरे क्यान ४० जनालाई र १९ जनालाई ५ लिटरे क्यान वितरण गरिएको छ।

पाँचथर । संविधानसभा सदस्य तथा नेकपा एमाले पाँचथर जिल्ला इन्चार्ज आइन्द्र सुन्दर नेम्बाङले मिलन केन्द्र पाँचथरमार्फत पशुपालक कृषकहरुलाई दुधबोक्ने क्यान वितरण गर्नुभएको छ।
मिक्लाजुङ गाउँपालिका–१ साराङडाँडामा रहेको विमला डेरी उद्योगमा आवद्ध ५९ जना पशुपालक कृषकहरुलाई नेम्बाङले क्यान वितरण गर्नुभएको हो।
चैत्र १२ गते सो स्थानमा रहेको रेडक्रसको भवनमा एक कार्यक्रमको आयोजना उक्त सामाग्री वितरण गरिएको हो । नेम्बाङले दुधको उचित मूल्य नपाउने किसानको समस्या अझै रहेतापनि दुग्ध उत्पादन जिविकोपार्जनको लागि भने राम्रो आधार भएको बताउनुभयो।
५९ जना कृषकहरुमध्ये १० लिटरे क्यान ४० जनालाई र १९ जनालाई ५ लिटरे क्यान वितरण गरिएको छ। ५ लिटर भन्दा धेरै दुध उत्पाद गर्ने कृषकलाई १० लिटरे र ५ लिटरभन्दा कम दुध उत्पादन गर्ने कृषकलाई ५ लिटरे क्यान उपलब्ध गराइएको डेरी सञ्चालक कुवेरमान थेगीमले बताउनुभयो।
कार्यक्रममा उपस्थित कृषकहरुले दुध बोक्ने क्यान उपलब्ध भएपछि खुसी व्यक्त गरेका छन्…।
क्यान उपलब्धगराएर पशुपालनमा अझ हौसला बढाएको भन्दै कृषहरुले नेम्बाङलाई धन्यवाद समेत ज्ञापन गरेका छन्।
कार्यक्रममा नेत्री गंगादेवी आङदेम्बे, युवा संघ प्रदेश कमिटि सदस्य बासु साप्कोटा, अनेरास्ववियु जिल्ला उपाध्यक्ष रोशन घिमिरे लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम वडा नं २ का बलबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन डेरी उद्योगका सञ्चालक कुवेरमान थेगिमले गर्नुभएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win