0 प्रतिक्रिया
तीनवटा बामपन्थी शक्तिसँग एकता प्रक्रिया बढदैँछः प्रचण्ड
AI सारांश
Fast AI१. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।
२. उनले एकता प्रक्रियामा जोडिएका शिक्षकहरुलाई स्वागत गर्दै यसले वृहत एकता र धुवीकरणको बाटो फराकिलो बनाउने बताए।
३. अध्यक्ष प्रचण्डले शिक्षा विधेयक संसदमा पारित गराउन फेरि एकपटक जोड दिनुपर्ने उनको अनुरोध गर्दै शिक्षकहरुले पुनः आन्दोलन गर्ने चेतावनी दिनु सही नै हुने उनको भनाइ छ।
काठमाडौं, २२ मङ्सिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् ।
विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्याउन दायाँबायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलोगरी भए पनि यो राष्ट्रिय सहमतिबाट पूरा हुने उनको दाबी छ । एकथरि यो बिषयमा माओवादी र काङ्ग्रेसको मात्रै समस्या हो, जस्तो देखाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई राष्ट्रिय सहमतिबाटै टुंगोमा पुर्याउनु पर्ने र त्यो अन्तिम चरणमा पुगेको उनले जनाए । तर, उनले कुन कुन ती शक्ति हुन्, त्यो भने खुलाएनन् ।
एकता प्रक्रियामा जोडिएका शिक्षकहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले यसले वृहत एकता र धुवीकरणको बाटो फराकिलो बनाउने बताए ।
आज मात्रै तीन बामपंथी दलसित एकता वार्ता भएको जानकारी दिदै उनले अब बामपन्थी शक्तिका बिचमा एकताको विकल्प नभएकोमा धेरैको साझा निष्कर्ष बन्न थालेको उनको दाबी छ ।
नेपालको राजनीति आन्दोलनमा जागरण पैदा गर्न शिक्षकहरुको ऐतिहासिक भूमिका रहदै आएको उनले स्मरण गरेका छन । अहिलेसम्म सरकारको नेतृत्व गर्ने धेरै नेताहरु शिक्षक पृष्ठभूमिका धेरै भए पनि शैक्षिक सुधारमा अपेक्षित परिणाम नदेखिनु दुःखद रहेको उनको भनाइ छ ।
आफू प्रधानमन्त्री भएको बेला निकै जोडबल गरेर शिक्षा विधेयक संसदमा पुर्याएको उल्लेख गर्दै उहाँले यसलाई पारित गराउन फेरि एकपटक जोड दिनुपर्ने उनको अनुरोध थियो ।
अध्यक्ष प्रचण्डले विधेयक अझै पूर्ण नभएको र शिक्षक आन्दोलनका माग समेटेर सशोधित विधेयक संसदको आउदो अधिवेशनबाट पारित गर्ने बताए । त्यसका लागि शिक्षकहरुले पुनः आन्दोलन गर्ने चेतावनी दिनु सही नै हुने उनको भनाइ छ । यो विधेयक पारित गराउन आफूले प्रमुख प्रतिपक्षी दलको तर्फबाट पूरै जोड लगाउने उल्लेख गर्दै उनले सदनको बहससङ्गै सडकको आवाज पनि उत्तिकै आवश्यक रहेकोमा जोड गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









