+
+

सिद्धकालिका मा.वि. फिदिममा “जङ्गवीर मनरानी स्मृति” अक्षयकोष स्थापना

101 पटक हेरिएको
Clock २०८१ मंसिर ६, बिहीबार २१:३७
-- Sponsored --

AI सारांश

Fast AI

पाँचथरको फिदिम नगरपालिका वडा नं. ६ स्थित सिद्धकालिका माध्यमिक विद्यालय फेदायकमा समाजसेवी दुई दाजुभाइले ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिनुभएको छ।
निर्मल तुम्रोक र निरीक्षक भक्त तुम्रोकले आफ्ना स्वर्गीय पितामाताको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरिदिनुभएको हो ।
अक्षयकोष रकमको ब्याजबाट उक्त विद्यालयमा अध्ययनरत अनाथ,असहाय,गरिब,जेहेन्दार, नियमित तथा अनुशासित र दलित विद्यार्थीहरुलाई बार्षिक रुपमा छात्रवृत्ति वितरण गरिने छ ।

दिपक दुलाल, मंसिर ६
पाँचथरको फिदिम नगरपालिका वडा नं. ६ स्थित सिद्धकालिका माध्यमिक विद्यालय फेदायकमा समाजसेवी दुई दाजुभाइले ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिनुभएको छ।
फिदिम नगरपालिका वडा नं. ६ याङ्देन निवासी हाल फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक र उहाँका दाजु प्रहरी नायक निरीक्षक भक्त तुम्रोकले आफ्ना स्वर्गीय पितामाताको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरिदिनुभएको हो।
उहाँहरुले आफ्ना स्वर्गीय बुबा जङ्गबीर तुम्रोक र स्वर्गीय आमा मनरानी आङ्देम्बेको स्मृतिमा ५१ हजार रुपैयाँको “जङ्गबीर मनरानी स्मृति” नामक अक्षयकोष स्थापना गरिदिनुभएको विद्यालयका प्रधानाध्यापक नन्दकिशोर तुम्रोकले जानकारी दिनुभयो।
अक्षयकोष रकमको ब्याजबाट उक्त विद्यालयमा अध्ययनरत अनाथ,असहाय,गरिब,जेहेन्दार, नियमित तथा अनुशासित र दलित विद्यार्थीहरुलाई बार्षिक रुपमा छात्रवृत्ति वितरण गरिने बताइएको छ।
यस्तै फिदिम ६ स्थित चोकमागु आधारभूत विद्यालय याङ्देन आहालेमा यसअघि उहाँहरुले नै स्थापना गर्नुभएको अक्षयकोषमा १० हजार रुपैयाँ थप गरिदिनुभएको छ। यसअघि मिति २०८०।०२।०३ मा स्थापना भएको ५१ हजार रुपैयाँको अक्षयकोषमा १० हजार थप गरी “जङ्गवीर मनरानी स्मृति” अक्षयकोषमा ६१ हजार रुपैयाँ पुर्‍याईएको हो।

अक्षयकोष दाताहरुले उक्त दुवै विद्यालयमा पुगि अक्षयकोष रकम हस्तान्तरण गर्नुभएको छ। सहयोगी मनहरु तथा अक्षयकोष दाताहरुप्रति सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले धन्यबाद तथा आभार प्रकट गर्नुभएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win