+
+

महोत्तरी समन्वय समितिको निर्देशन : विकास योजनाहरु प्रक्रियागत ढंगले संचालन गर

191 पटक हेरिएको
Clock २०८१ जेष्ठ १९, शनिबार १०:०२
-- Sponsored --

AI सारांश

Fast AI

१. जिल्ला समन्वय समिती महोत्तरीले विकास निर्माणका कामहरु प्रक्रियाविपरित हुन थालेपछी ध्यानाकर्षण जनाएको छ।
२. समन्वय समितिले योजनास्थलमा होडिङ्ग बोर्ड नराख्ने र कुन योजना कति लागतको हो भन्ने समेत नखुलाउदा आम मानिसको सुचनाको हक कुन्ठित भएको भनाई छ।
३. विकास निर्माणको योजना सकिएपछी मालसमान उक्त ठाउँवाट निश्चित ठाउँमा बिसर्जन गर्नुपर्ने व्यवस्था छ तर अनुगमनको क्रममा दुर्घटनालाई प्रोत्साहन गर्नेगरी मालसामान यथास्थानमा राखिएको छ।

विशाल बस्नेत

१९ जेठ, महोत्तरी 

विकास निर्माणका कामहरु प्रक्रियाविपरित हुन थालेपछी जिल्ला समन्वय समिती महोत्तरीले ध्यानाकर्षण जनाएको छ ।

अनुगमनको क्रममा विकासका योजनाहरु संचालन गर्दा होडिङ्ग बोर्ड नराखेको र काम सम्पन्न भएका ठाउँहरुमा कच्चा पदार्थ यथास्थितिमा छाडदा दुर्घटनाको जोखिम समेत बढेको समन्वय समितिको ठहर छ ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै समन्वय समितिका संयोजक सुमनलाल कर्णले जिल्लाका सवै पालिकाहरुमा संचालनरत योजनाहरु ऐन, नियमको परिधिमा रहेर काम गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन ।

योजनास्थलमा होडिङ्ग बोर्ड नराख्ने र कुन योजना कति लागतको हो भन्ने समेत नखुलाउदा आम मानिसको सुचनाको हक कुन्ठित भएको संयोजक कर्णको भनाई छ ।

सार्वजनिक सडक ऐन २०३१ को दफा २१ लाई लिएर पनि समितिले ध्यानाकर्षण जनाएको छ । दफा अनुसार विकास निर्माणको योजना सकिएपछी मालसमान उक्त ठाउँवाट निश्चित ठाउँमा बिसर्जन गर्नुपर्ने व्यवस्था छ तर अनुगमनको क्रममा दुर्घटनालाई प्रोत्साहन गर्नेगरी मालसामान यथास्थानमा राखिएको र तत्काल उक्त सामान उठाउन निर्देशन समेत दिईएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win