+
+

तेह्रथुममा तुलसी सिटौलाको अध्यक्षतामा नेपाल खेलकुद पत्रकार मञ्च तदर्थ समिति गठन

133 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ जेष्ठ १७, शनिबार २१:३८
-- Sponsored --

तेह्रथुम—गोलनेपाल डट कमका पत्रकार तुलसी सिटौलाको अध्यक्षतामा नेपाल खेलकुद पत्रकार मञ्चको तेह्रथुम जिल्ला समन्वय तदर्थ समिति गठन गरिएको छ।

शनिबार सदरमुकाम म्याङलुङमा जिल्लाका पत्रकारहरूको उपस्थितिमा तदर्थ समिति गठन गरिएको हो।

समितिमा डि.बि. लिम्बु उपाध्यक्ष, उद्धव दाहाल सचिव, अस्मिता सुबेदी सहसचिव, र रुद्र गुरगाई कोषाध्यक्ष चयन भएका छन्।

१७ सदस्यीय समितिका अन्य सदस्यहरूमा कमल खनाल, तुलसीराम धमला, किरण कार्की, मित्र इङनाम, मिक्सेन पाक्सावा, सुजन ढकाल, विकास गुरुङ, सरस्वती राई, सबिना लिम्बु, विनोद भट्टराई, सन्ध्या लिम्बु, र सोनी लिम्बु रहेका छन्।

समिति गठन कार्यक्रममा नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष ठाकुर सेनेहाङ र निवर्तमान अध्यक्ष अमृत बास्तोलाको विशेष उपस्थिति रहेको थियो।

अध्यक्ष सिटौलाका अनुसार तेह्रथुममा खेल पत्रकारिताप्रति आकर्षण बढ्दै गएकाले खेलकुद क्षेत्रमा क्रियाशील पत्रकारहरूलाई एकजुट गर्न तदर्थ समिति गठन गरिएको हो।

समितिलाई आधिकारिकता दिन नेपाल खेलकुद पत्रकार मञ्च केन्द्रीय समितिमा पत्रचार गरिएको छ। आवश्यक प्रक्रिया पूरा गरी चाँडै प्रथम जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय पनि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win