+
+

अनलाइन भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता हुने

108 पटक हेरिएको
Clock २०८१ भाद्र २४, सोमबार १७:११
-- Sponsored --

AI सारांश

Fast AI

नेपाल सरकारले रेस्टुरेन्ट, बार, होटल, लजमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले भुक्तानी गरेको मूल्य अभिवृद्धि कर (भ्याट) को दश प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरेको छ । यस निर्णयका आधारमा आइतबार सूचना जारी गर्दै उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत फिर्ता हुने सेवाहरूको सूची सार्वजनिक गरेको छ ।

त्यसमा मदिरा पिउने केन्द्र (बार), चमेनागृह (रेस्टुरेन्ट), सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवा समावेश छन् । यिनमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय गरिएको छ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को व्यवस्था अनुरुप विभागले भ्याटको दश प्रतिशत फिर्तासम्बन्धी निर्णय गरेको छ । यसका लागि केही सर्त पनि तोकिएका छन् । मूल्य अभिवृद्धि करमा दर्ता भई विभागबाट विद्युतीय बीजक जारी गर्ने करदाता यस प्रणाली आबद्ध हुन सक्ने भनिएको छ ।

काठमाडौँ । सरकारले रेस्टुरेन्ट, बार, होटल, लजमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले भुक्तानी गरेको मूल्य अभिवृद्धि कर (भ्याट) को दश प्रतिशत रकम फिर्ता गर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले आइतबार सूचना जारी गर्दै उपभोक्ताले तिरेको भ्याटको दश प्रतिशत फिर्ता हुने जनाएको हो ।

विभागले भ्याटको १० प्रतिशत फिर्ता हुने सेवाहरूको सूची सार्वजनिक गरेको छ । त्यसमा मदिरा पिउने केन्द्र (बार), चमेनागृह (रेस्टुरेन्ट), सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवा समावेश छन् । यिनमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय भएको विभागले जनाएको छ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को व्यवस्था अनुरुप विभागले भ्याटको दश प्रतिशत फिर्तासम्बन्धी निर्णय गरेको हो । यसका लागि केही सर्त पनि तोकिएका छन् । मूल्य अभिवृद्धि करमा दर्ता भई विभागबाट विद्युतीय बीजक जारी गर्ने करदाता यस प्रणाली आबद्ध हुन सक्ने भनिएको छ ।

सूचनामा भनिएको छ- ‘डेबिट/क्रेडिट कार्ड, क्युआर कोड, मोबाइलजस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने विक्रेताले मूल्य अभिवृद्धि करको दश प्रतिशत रकम उपभोक्ताले बैंक खातामा स्वचालित रूपमा फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्नेछ,’ सूचनामा भनिएको छ, ‘विद्युतीय बिजकसम्बन्धी कार्यविधि, २०७४ (संशोधनसहित) बमोजिम आन्तरिक राजस्व विभागमा सूचिकृत भएका विद्युतीय उपकरण तथा सफ्टवेयर आपूर्तिकर्ताले विद्युतीय भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिनेसम्बन्धी कार्यप्रक्रिया,२०७६ बमोजिम प्रणालीमा सामजस्य हुने गरी आफ्नो सफ्टवेयर परिमार्जन गर्न जानकारी गराइन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win