+
+

कुम्मायकमा वन सम्बन्धी ऐन–कानुन र सामुदायिक वन सञ्चालन प्रक्रियाबारे अभिमुखीकरण

103 पटक हेरिएको
Clock २०८३ कार्तिक २२, शनिबार ११:२३
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको कुम्मायक गाउँपालिकामा वनसम्बन्धी ऐन, कानुन र सामुदायिक वन सञ्चालन प्रक्रियाबारे दुई दिने पालिकास्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ।
२. सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र FLB Eastern Hills आयोजना अन्तर्गत आयोजित यस गोष्ठीमा वन, भूमि र जैविक विविधताको दिगो व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।
३. वन तथा वातावरण विज्ञ गणेश तिम्सिना र महासंघका अध्यक्ष राजेन्द्र काफ्लेको सहजीकरणमा ३० जना सहभागीले सामुदायिक वन गठन र व्यवस्थापनका प्रक्रियाबारे जानकारी लिएका छन्।

मनोज थापा

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा वनसम्बन्धी प्रचलित ऐन, कानुन तथा सामुदायिक वन सञ्चालन प्रक्रियाबारे पालिकास्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल, कोशी प्रदेशको आयोजनामा पूर्वी पहाडी क्षेत्रमा वन, भूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनका लागि क्षमता अभिवृद्धि आयोजना (FLB Eastern Hills) अन्तर्गत कात्तिक १८ र १९ गते दुई दिनसम्म गोष्ठी सञ्चालन गरिएको हो।

गोष्ठीमा वनसम्बन्धी प्रचलित ऐन, कानुनी व्यवस्था, वन व्यवस्थापन तथा सामुदायिक वन गठन, सञ्चालन र व्यवस्थापनका प्रक्रियाबारे सहभागीलाई जानकारी गराइएको थियो। कार्यक्रमको सहजीकरण कोशी प्रदेशका वन तथा वातावरण विज्ञ गणेश तिम्सिना र सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरका अध्यक्ष राजेन्द्र काफ्लेले गर्नुभएको थियो।

वन, भूमि तथा जैविक विविधताको संरक्षण र दिगो व्यवस्थापनमा स्थानीय समुदायको भूमिका प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा सामुदायिक वन उपभोक्ता, जनप्रतिनिधि तथा अन्य सरोकारवालासहित ३० जनाको सहभागिता रहेको थियो।

कार्यक्रमको व्यवस्थापन तथा सहयोग सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय महासंघ कुम्मायक, पाँचथरले गरेको थियो।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win