+
+

छुरी प्रहारबाट पाँचथरमा एक जनाको मृत्यु, अभियुक्त पक्राउ

753 पटक हेरिएको
Clock २०८२ मंसिर २८, आईतवार २२:४८
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–७, खामेलकमा छुरी प्रहारबाट ३६ वर्षीय प्रेमराज आङदेम्बेको मृत्यु भएको छ।
२. घटनामा संलग्न ८२ वर्षीय वर्ण सिंह आङदेम्बेलाई प्रहरीले नियन्त्रणमा लिएको छ र छुरी प्रहारको कारण विवादका क्रममा भएको देखिएको छ।
३. मृतकको शव जिल्ला अस्पताल पाँचथर, फिदिमको शवगृहमा सुरक्षित राखिएको छ र अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा हिरासत कक्षमा राखिएको छ।

पाँचथर, मंसिर २८ —पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–७, खामेलकमा छुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ।

मिति २०८२ मंसिर २८ गते अपराह्न करिब ४ बजे आफ्नै घरको आँगनमा ८२ वर्षीय वर्ण सिंह आङदेम्बेले आफ्नै भतिजो चन्द्रबहादुर आङदेम्बेका ३६ वर्षीय छोरा प्रेमराज आङदेम्बेमाथि छुरी प्रहार गरेका थिए। छुरी प्रहारबाट गम्भीर घाइते भएका प्रेमराज आङदेम्बेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार घटनामा प्रयोग गरिएको छुरीसहित अभियुक्त वर्ण सिंह आङदेम्बेलाई नियन्त्रणमा लिइएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार छुरी लुकाइदिएको विषयलाई लिएर उत्पन्न विवादका क्रममा घटना भएको देखिएको छ। घटनास्थल सुरक्षित राखी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णको कमाण्डमा SOCO सहितको प्रहरी टोली खटिएको थियो।

कानुनी प्रक्रिया पूरा गरी मृतकको शव मंसिर २८ गते राति ९ बजेर २० मिनेटमा जिल्ला अस्पताल पाँचथर, फिदिम ल्याई शवगृहमा सुरक्षित राखिएको छ। साथै अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई स्वास्थ्य परीक्षण गराई हिरासत कक्षमा राखिएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win