0 प्रतिक्रिया
चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि
AI सारांश
Fast AI१. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का सफेउल मन्सुरी बिहानै इनरुवा–१ शान्ति चौकमा सिरक डसना बनाउने कार्यमा लागिपर्नुहुन्छ।
२. केही दिनयतादेखि बढेको चिसोका कारण सुनसरीमा न्यानो लुगाको कारोवारमा वृद्धि भएको छ।
३. इनरुवा, इटहरी, रामधुनी, झुम्का, धरान, बराहक्षेत्रलगायत स्थानमा दैनिकरुपमा रु २० लाखभन्दा बढीको न्यानो लुगाको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घ इनरुवाका सहसचिव गौतम झाले बताउनुभयो।
इनरुवा, ६ मङ्सिर : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का सफेउल मन्सुरी बिहानै इनरुवा–१ शान्ति चौकमा सिरक डसना उद्योगमा आइपुग्नुहुन्छ। उहाँ बिहानै इनरुवा बजारमा रहेका कपडा पसलबाट आएको मागका आधारमा सिरक डसना बनाउने कार्यमा लागिपर्नुहुन्छ। मन्सुरीको दैनिकी अहिले सिरक र डसना बनाउने कार्यमै बित्ने गरेको छ। केही दिनयतादेखि बढेको चिसोका कारण सुनसरीमा न्यानो लुगाको कारोवारमा वृद्धि भएको छ।
उपभोक्ता चिसोको बेला आवश्यक पर्ने न्यानो लुगा किनमेल गर्न आएपछि यहाँ न्यानो लुगाको कारोवारमा वृद्धि भएको व्यापारीले बताएका छन्। चिसोका बेला आवश्यक पर्ने सिरक, डसना, रुवा, कुर्ता सुरुवाल, टोपी, बल्याङकेटलगायत लुगाको कारोवारमा वृद्धि भएको इनरुवा–१ स्थित साडी महलका सञ्चालक शम्भु मेहताले बताउनुभयो।
सिरक डसना बनाउनको सङ्ख्यामा वृद्धि भएको भोक्राहा–५ का खालीद मन्सुरीले बताउनुभयो। इनरुवा, इटहरी, रामधुनी, झुम्का, धरान, बराहक्षेत्रलगायत स्थानमा दैनिकरुपमा रु २० लाखभन्दा बढीको न्यानो लुगाको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घ इनरुवाका सहसचिव गौतम झाले बताउनुभयो।
इनरुवामा करिब एक सय कपडा पसलमा सेवाग्राहीको दैनिक चाप बढ्दो क्रममा रहेको व्यापारीले बताएका छन्। तयारी पोसाकमा ज्याकेट, स्वीटर, गल्बन्दी, टोपी, ट्रयाक्सुट, जम्फरलगायतको बिक्री बढ्नुका साथै सिरक डसना बनाउने क्रम बढेको व्यवसायीले बताएका छन्। चिसोका बेला सिरक र डसनाको माग बढेपछि व्यापारीले मूल्य वृद्धि गरेको स्थानीय उपभोक्ता चन्दन मेहताले बताउनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









