0 प्रतिक्रिया
कुम्मायक कांग्रेसको सभापतिमा टंक पौडेल सर्वसम्मत निर्वाचित
मनोज थापा
पाँचथर।नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कुम्मायक गाउँपालिकाको अधिवेशनबाट टंक पौडेल सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।
त्यस्तै, गाउँपालिका कार्यसमितिको उपसभापतिमा युवराज सेर्मा र टिका भण्डारी, सचिवमा चिरञ्जीवी पाण्डे तथा सहसचिवमा हरी सम्बाहाम्फे सर्वसम्मत निर्वाचित भएका छन्। अन्य पदाधिकारी तथा सदस्यहरू पनि सहमतिका आधारमा चयन गरिएको छ।
यसअघि कुम्मायक गाउँपालिकाका पाँचवटै वडामा पनि वडा सभापति सर्वसम्मत चयन भइसकेका थिए। वडा नं. १ मा लैनबहादुर तामाङ, वडा नं. २ मा कविन निरौला, वडा नं. ३ मा श्रीप्रसाद सम्बाहाम्फे, वडा नं. ४ मा कमल चम्लागाईं र वडा नं. ५ मा पूर्ण पाण्डे वडा सभापतिमा निर्वाचित भएका छन्।
यसअघि कुम्मायक गाउँपालिका कांग्रेसको सभापतिको जिम्मेवारी दुर्गा प्रसाद बंजनले सम्हाल्दै आएका थिए। वडा तहदेखि पालिका तहसम्म नेतृत्व सर्वसम्मत चयन भएसँगै कुम्मायकमा नेपाली कांग्रेसको संगठनात्मक संरचनाले पूर्णता पाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






