+
+

कुम्मायक कांग्रेसको सभापतिमा टंक पौडेल सर्वसम्मत निर्वाचित

241 पटक हेरिएको
Clock २०८३ आश्विन ७, बुधबार २०:३०
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कुम्मायक गाउँपालिकाको अधिवेशनबाट टंक पौडेल सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।
२. गाउँपालिका कार्यसमितिको अन्य पदाधिकारीहरू पनि सहमतिका आधारमा चयन गरिएका छन्।
३. वडा तहदेखि पालिका तहसम्म नेतृत्व सर्वसम्मत चयन भएसँगै कुम्मायकमा नेपाली कांग्रेसको संगठनात्मक संरचनाले पूर्णता पाएको छ।

मनोज थापा

पाँचथर।नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कुम्मायक गाउँपालिकाको अधिवेशनबाट टंक पौडेल सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै, गाउँपालिका कार्यसमितिको उपसभापतिमा युवराज सेर्मा र टिका भण्डारी, सचिवमा चिरञ्जीवी पाण्डे तथा सहसचिवमा हरी सम्बाहाम्फे सर्वसम्मत निर्वाचित भएका छन्। अन्य पदाधिकारी तथा सदस्यहरू पनि सहमतिका आधारमा चयन गरिएको छ।

यसअघि कुम्मायक गाउँपालिकाका पाँचवटै वडामा पनि वडा सभापति सर्वसम्मत चयन भइसकेका थिए। वडा नं. १ मा लैनबहादुर तामाङ, वडा नं. २ मा कबिन निरौला, वडा नं. ३ मा श्री प्रसाद सम्बाहाम्फे, वडा नं. ४ मा कमल चम्लागाईं र वडा नं. ५ मा पूर्ण बहादुर पाण्डे वडा सभापतिमा निर्वाचित भएका छन्।

यसअघि कुम्मायक गाउँपालिका कांग्रेसको सभापतिको जिम्मेवारी दुर्गा प्रसाद बंजनले सम्हाल्दै आएका थिए। वडा तहदेखि पालिका तहसम्म नेतृत्व सर्वसम्मत चयन भएसँगै कुम्मायकमा नेपाली कांग्रेसको संगठनात्मक संरचनाले पूर्णता पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win