+
+

प्रहरी कार्यालय तोडफोड, आगजनी तथा प्रहरीलाई दुर्व्यवहार गर्ने ५ जना पक्राउ

107 पटक हेरिएको
Clock २०८२ मंसिर ११, बिहीबार १५:०४
-- Sponsored --

AI सारांश

Fast AI

निम्नलिखित ३ वटा बुँदामा सुनसरी समाचारको सारांश दिइएको छ:

* जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीको भवन र सवारी साधन तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई दुर्व्यवहार गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ।
* पक्राउ पर्नेमा सुनसरी इटहरी उप-महानगरपालिका-३ का २९ बर्षीय विजय लिम्वु, इटहरी-५ का ४४ बर्षीय दिपेन्द्र कुमार कार्की, इटहरी-८ का २४ बर्षीय आभाष कार्की, इटहरी-४ का २४ बर्षीय सोनम कार्की र भोजपुर याङपाङ्ग घर भई इटहरी-४ स्थितमा बस्दै आएका ४७ बर्षीय मदन खत्री रहेका छन।
* पक्राउ परेका उनिहरुको अपराधिक उपद्रव गर्न नहुने कसुरमा सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ, साथै घटनामा संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलास भईरहेको हुँदा आगजनी तोडफोड र प्रहरीको हातहतियार लुटपाटका घटनामा संलग्न व्यक्तिहरुको फोटो तथा भिडियोहरु फेला परेमा तथा प्रहरीको हातहतियार लुकाई छिपाई राखेको भन्ने बुझिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई अनुसन्धान कार्यमा सहयोग गरी दिन हुन सम्पूर्ण महानुभावहरुमा कोशी प्रदेश प्रहरीले अनुरोध समेत गरेको छ ।

सुनसरी, मंसिर ११ गते ।

जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीको भवन र सवारी साधन तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई दुर्व्यवहार गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इटहरी उप-महानगरपालिका-३ का २९ बर्षीय विजय लिम्वु, इटहरी-५ का ४४ बर्षीय दिपेन्द्र कुमार कार्की, इटहरी-८ का २४ बर्षीय आभाष कार्की, इटहरी-४ का २४ बर्षीय सोनम कार्की र भोजपुर याङपाङ्ग घर भई इटहरी-४ स्थितमा बस्दै आएका ४७ बर्षीय मदन खत्री रहेका छन। घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान तथा खोजतलास गर्ने क्रममा प्राप्त फोटो, भिडियो सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा फैलिएका फोटो तथा भिडियोका आधारमा पहिचान गरी पक्राउ गरिएको हो। पक्राउ परेका उनिहरुको अपराधिक उपद्रव गर्न नहुने कसुरमा सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ।

घटनामा संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलास भईरहेको हुँदा आगजनी तोडफोड र प्रहरीको हातहतियार लुटपाटका घटनामा संलग्न व्यक्तिहरुको फोटो तथा भिडियोहरु फेला परेमा तथा प्रहरीको हातहतियार लुकाई छिपाई राखेको भन्ने बुझिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई अनुसन्धान कार्यमा सहयोग गरी दिन हुन सम्पूर्ण महानुभावहरुमा कोशी प्रदेश प्रहरीले अनुरोध समेत गरेको छ साथै त्यस्ता सुचना उपलव्ध गराउनु‍ हुने महानुभावहरुको नाम गोप्य राखिने समेत जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win