+
+

प्रेस सेन्टर कोशी अध्यक्षमा राजन राई निर्वाचित

71 पटक हेरिएको
Clock २०८१ माघ १३, आईतवार ०९:२९
-- Sponsored --

AI सारांश

Fast AI

१. प्रेस सेन्टर नेपाल प्रदेश १ (कोशी)को अध्यक्षमा राजन राई निर्वाचित भएका छन्।
२. समितिको बरिष्ठ उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सूजता लिम्बू, समावेशी उपाध्यक्षमा सेसेहाङ लाओति निर्वाचित भएका छन्।
३. प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा (जुगल) ले पत्रकारिताको गरिमा उच्च बनाउँदै पत्रकार र सञ्चार गृहलाई सबल बनाउनुपर्नेमा जोड दिए।

विराटनगर । प्रेस सेन्टर नेपाल प्रदेश १ (कोशी)को अध्यक्षमा राजन राई निर्वाचित भएका छन्। विराटनगरमा शुक्रबार सम्पन्न भएको तेस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि प्रदेशका उपाध्यक्ष थिए।
समितिको बरिष्ठ उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सूजता लिम्बू, समावेशी उपाध्यक्षमा सेसेहाङ लाओति, महासचिवमा गोकुल पराजुली, सचिव इश्वर थापा, डिकेश लामा, बिनु तिम्सिना, सत्यनारायण शर्मा, कोषाअध्यक्ष झुलन रेग्मी चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा हरि अधिकारी, बाबुराम मुडियारी, पवन साह, मनिता राई, अनिता रसाइली, मोतिराम रसाइली, प्रविण बानियाँ, भीम कुमार चेम्जोङ, आइपी भट्टराई, नविन सुनाम र दिपक अधिकारी छन् ।
कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा (जुगल) ले पत्रकारिताको गरिमा उच्च बनाउँदै पत्रकार र सञ्चार गृहलाई सबल बनाउनुपर्नेमा जोड दिए। त्यसैगरी प्रेस सेन्टरका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरीले पत्रकारले समाचार मात्र नभएर समाज परिवर्तनमा भूमिका खेल्नुपर्ने बताए। प्रेस सेन्टर कान्छो संगठन भए पनि दर्बिलो र ओझ पूर्ण संगठन भएको उनले बताए। नेकपा माओवादी केन्द्र प्रदेश सचिव तथा पूर्वमन्त्री गणेश उप्रेती सुशीलले प्रेस सेन्टर समाजवादी यात्रामा अघि बढेको संगठन भएको बताए। समाजवादी उद्देश्यलाई केन्द्रमा व्यावसायिक पत्रकारिता गर्न उनले आग्रह गरे।
डिजिटल युगमा पत्रकारिता चुनौती थपिएको बताउँदै नेकपा माओवादी केन्द्र प्रदेश फ्याक्सन इञ्चार्ज विजय साम्पाङ्गले प्रदेश अधिवेशन त्यो चुनौति चिर्नुपर्नेमा जोड दिए। उद्घाटन शत्रमा कार्यक्रममा प्रेस सेन्टरकी केन्द्रीय उपाध्यक्ष गंगा बराल, लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ केशी प्रदेशकी महासचिव हेमा चेम्जोङ, प्रेस युनियनका प्रदेश अध्यक्ष मिनकुमार नवोदित, समाजवादी प्रेस संगठन प्रदेश अध्यक्ष बन्धु पोखरेललगायतले शुभकामना दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win