Comments Add Comment

याङनाम फुङनाम मेला साथै तेस्रो याङनाम गोल्डकप चैत्र २७ देखी

पाँचथर । फिदिम नगरपालिका–१० याङनाममा सदा झै लाग्दै आइरहेको याङनाम फुङनाम मेला साथै तेस्रो याङनाम गोल्कडप प्रतियोगिता हुने भएको छ ।
याङनाम फुङनाम मेला मुल आयोजक समितिको आयोजनामा खलङगाटारमा अवस्थित इमानसिंह रंगशालामा प्रतियोगिता सञ्चालन हुने आयोजक समितिले जनाएको छ । सदा झै नयाँ बर्षको अवसरमा लाग्दै आइरहेको मेलामा तेस्रो संस्करणको गोल्डकप प्रतियोगित हुने आयोजक याङनाम फुङनाम मेला मुल आयोजक समितिका सचिव मनेन्द्र केरुङ बताउनुभयो।
प्रतियोगिता चैत्र २७ गतेदेखी ०८२ बैशाख २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजेताले उपाधि सहित नगद २ लाख ३ हजार ३ सय ३३ प्राप्त गर्दा उपविजेता हुने टिमले नगद रु १ लाख ३ हजार ३ सय ३३ प्राप्त गर्ने छ।
त्यस्तै विद्यागततर्फ प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद रु २ हजार प्राप्त गर्नेछ । उत्कृष्ट गोलरक्ष, डिफेन्डर, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले नगद रु ३ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।
गोल्डकप प्रतियोगितामा पाँचथर जिल्लास्थित ७ ओटा ए डिभिजन क्लब र आयोजक गरी जम्मा ८ टिम सहभागि हुनेछन् । नयाँ वर्ष बैशाख १ गते बरदान संगितालय र बरदान एण्ड दि याक्थुङ ब्याण्डको साथमा साँस्कृतिक कार्यक्रम पनि रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै