+
+

ताइवानको बधाइमा मोदीको प्रतिक्रियाप्रति चीनको विरोध

164 पटक हेरिएको
Clock २०८१ जेष्ठ २५, शुक्रबार ०७:५६
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश यस प्रकार छ:

* ताइवानका राष्ट्रपति लाइ चिङले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनावमा भएको जितको लागि बधाई दिएपछि मोदीले जवाफमा लाइ चिङलाई धन्यवाद दिए।
* मोदीको यो प्रतिक्रियाप्रति चीनले विरोध गरेको छ भने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीनसँग कूटनीतिक सम्बन्ध राख्ने देशका नेताहरूले ताइवानका नेताको प्रतिक्रियाप्रति चिन्ता व्यक्त गरेको बताए।
* चीनले एक चीन सिद्धान्तका सम्बन्धमा गम्भीर राजनीतिक प्रतिबद्धता देखाएको भन्दै ताइवान अधिकारीहरूको राजनीतिक योजनाहरूप्रति सजग रहनुपर्छ र एक चीन सिद्धान्तलाई उल्लङ्घन गर्ने कुनै पनि कार्यबाट अलग रहनुपर्छ भन्ने माओ निङले बताए।

काठमाडौँ । ताइवानका राष्ट्रपति लाइ चिङको बधाई सन्देशमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रतिक्रियाप्रति चीनले विरोध गरेको छ । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीनको समाचार एजेन्सी ग्लोबल टाइम्सलाई भने, ‘ताइवानका नेतालाई प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रतिक्रियाप्रति चीनले आपत्ति जनाएको छ। चीनसँग कूटनीतिक सम्बन्ध राख्ने सबै देशका नेताहरूले ताइवानका नेताको प्रतिक्रियाप्रति चिन्ता व्यक्त गरेका छन् । चीनले ताइवानका नेताहरुसँगको आधिकारिक वार्ताको विरोध गर्दछ ।’

उनले भनेका छन्- ‘विश्वमा एउटा मात्र चीन छ । भारतले एक चीन सिद्धान्तका सम्बन्धमा गम्भीर राजनीतिक प्रतिबद्धता देखाएको छ । ताइवान अधिकारीहरूको राजनीतिक योजनाहरूप्रति सजग रहनुपर्छ र एक चीन सिद्धान्तलाई उल्लङ्घन गर्ने कुनै पनि कार्यबाट अलग रहनुपर्छ ।’

यस अघि ताइवानका राष्ट्रपति लाइ चिङले सामाजिक सञ्जाल प्लेटफर्ममा मोदीलाई चुनावमा भएको जितको लागि बधाई दिएका थिए ।

त्यसको जवाफमा मोदीले भने, ‘तपाईंको शुभकामनाका लागि लाइ चिङलाई धन्यवाद । म लाभदायक आर्थिक र प्राविधिक साझेदारीमा काम गर्न तत्पर छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win