0 प्रतिक्रिया
हिन्दुजा परिवारका चार सदस्यमाथि नोकर शोषण गरेको आरोपमा जेल सजाय
AI सारांश
Fast AIनिम्नलिखित ३ वटा बुँदामा यस समाचारको सारांश दिइएको छ:
* स्वीस अदालतले हिन्दुजा परिवारलाई भारतबाट ल्याइएका कामदारको शोषण गरेको अभियोगमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ।
* हिन्दुजा परिवारमाथि नोकरको राहदानी जफत गर्ने र न्यूनतम पारिश्रमिकभन्दा कम रकम दिएको आरोप छ।
* गत हप्ता, हिन्दुजा परिवारले पीडित तीन नोकरहरूसँग अदालत बाहिर सम्झौता गरेको थियो, तर सम्झौताका लागि दिइएको रकमको विवरण अझै स्पष्ट भइसकेको छैन।
काठमाडौँ । स्वीस अदालतले बेलायतको सबैभन्दा धनी परिवारमध्येको एक हिन्दुजा परिवारका चार सदस्यलाई भारतबाट ल्याइएका कामदारको शोषण गरेको अभियोगमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ ।
हिन्दुजा परिवारले जेनेभास्थित आफ्नो बंगलामा काम गर्न भारतबाट नोकर बोलाएर शोषण गरेको आरोप छ ।
प्रकाश हिन्दुजा, कमल हिन्दुजा, उनका छोरा अजय हिन्दुजा र बुहारी नम्रिता हिन्दुजालाई चार वर्षदेखि साढे चार वर्षसम्मको जेल सजाय तोकिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
बृद्ध हिन्दुजा दाजुहरु प्रकाश हिन्दुजा र कमल हिन्दुजा आफ्नो उमेर र कमजोर स्वास्थ्यका कारण अदालतमा उपस्थित भएनन् भने अभियोजकले अजय हिन्दुजा र नम्रता हिन्दुजालाई पक्राउ गर्न आदेश दिएको छ ।
हिन्दुजा परिवारमाथि नोकरको राहदानी जफत गर्ने र न्यूनतम पारिश्रमिकभन्दा कम रकम दिएको आरोप छ ।
गत हप्ता, हिन्दुजा परिवारले पीडित तीन नोकरहरूसँग अदालत बाहिर सम्झौता गरेको थियो । यो ठूलो रकम हुन सक्ने भए पनि यो सम्झौताका लागि कति रकम दिइएको थियो भन्ने अझै स्पष्ट भइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









