0 प्रतिक्रिया
चिनियाँ विदेश मन्त्रालयमा नयाँ प्रबक्ता, दैनिक बिफ्र गर्ने एक मात्र निकाय
AI सारांश
Fast AI१. उत्तरी छिमेकी चीनले बिदेश मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त गरेको छ।
२. ४४ वर्षीय गुओ २३ वर्षदेखि परराष्ट्र मन्त्रालयमा कार्यरत छन् र उनी कूटनीति र सञ्चार दुवै क्षेत्रमा अनुभवी मानिन्छन्।
३. पत्रकारहरूसँग मिलेर चीनको सही, बहुआयामिक र मनोरम छवि विश्वसामु प्रस्तुत गर्न लागि पर्ने प्रतिबद्दता पनि जनाएका छन्।
बेइजिङ, २३ पुस । उत्तरी छिमेकी चीनले बिदेश मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त गरेको छ।
विश्व राजनीति, अर्थ ब्यापार र सैन्य शक्तिको हिसाबले बिश्वको दोस्रो शक्तिशाली राष्ट्र चीनले बिदेश मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त गरेका हुन ।
चिनियाँ समाचार संस्था चाइना डेलीका अनुसार ३५ औं विदेश मन्त्रालयका प्रवक्ताको रूपमा गुओ जियाकुनले पदभार ग्रहण गरेका छन । सो पत्रिकाका अनुसार ४४ वर्षीय गुओ २३ वर्षदेखि परराष्ट्र मन्त्रालयमा कार्यरत छन् र उनी कूटनीति र सञ्चार दुवै क्षेत्रमा अनुभवी मानिन्छन् ।
‘म चीनको विदेश नीति र चिनियाँ आधुनिकीकरणको अभ्यासलाई समयमै र सही रूपमा व्याख्या गर्न सक्दो प्रयास गर्नेछु,’ गुओले पदभार ग्रहण गरे पछि पत्रकारहरूसँग भने । पत्रकारहरूसँग मिलेर चीनको सही, बहुआयामिक र मनोरम छवि विश्वसामु प्रस्तुत गर्न लागि पर्ने प्रतिबद्दता पनि जनाएका छन्।
विश्व भन्दा बाहिर रहेको र बन्द समाजिक परिपाटी बसालेको चीनले १९८३ पछि मात्रै बिदेश मन्त्रालयमा प्रवक्ता प्रणाली लागू गरेको थियो, यस्तो अभ्यास सुरु गर्ने चीनको पहिलो सरकारी विभागसमेत हो । र, अहिले यो एक मात्र सरकारी विभाग हो, जसले प्रत्येक दिनमा नियमित चीनको धारणा विश्व सामु ब्रिफिंग गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









