0 प्रतिक्रिया
मस्को बिस्फोटमा मारिए रूसका परमाणु सुरक्षा बल जनरल
AI सारांश
Fast AI१. रुसको राजधानी मस्कोमा भएको बम विष्फोटमा रुसी सशस्त्र सेनाका एक वरिष्ठ जनरल लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको मृत्यु भएको छ।
२. लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ रुसको आणविक सुरक्षा बलहरू परमाणु, जैविक, रासायनिक रक्षा बलहरूको प्रमुख जिम्मेवारीमा रहेका थिए।
३. जनरल किरिलोभको मृत्यु पछि रूसले थप अनुसन्धान जारी राखेको जनाएको छ ।
मस्को, २ पुस । रुसको राजधानी मस्कोमा भएको बम विष्फोटमा रुसी सशस्त्र सेनाका एक वरिष्ठ जनरलको मृत्यु भएको छ ।
लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ मंगलबार बिहान एउटा अपार्टमेन्ट भवनबाट बाहिर निस्कदै गर्दा स्कुटरमा लुकाइएको स्वचालित बम विस्फोट हुदाँ उनको मृत्यु भएको हो ।
रुसको अनुसन्धान समितिका अनुसार उनका सहयोगी पनि सो बिष्फोटमा परी मारिएका छन ।
जनरल किरिलोभ रुसको आणविक सुरक्षा बलहरू परमाणु, जैविक, रासायनिक रक्षा बलहरूको प्रमुख जिम्मेवारीमा रहेका थिए।
किरिलोभलाई अप्रिल २०१७ मा सेनाको प्रमुखको रूपमा नियुक्त गरिएको थियो। रूसी राज्य संचालित मिडिया आउटलेट टासका अनुसार उनीसँग कोस्ट्रोमा हायर मिलिटरी कमाण्ड स्कूल अफ केमिकल डिफेन्समा भाग लिएको अनुभव थियो ।
जनरलले रूसको सेनामा खतरनाक सामग्रीसँग सम्बन्धित विभिन्न भूमिकाहरूमा सेवा गरेका थिए, जस मध्ये विकिरण, रासायनिक र जैविक रक्षा सेनाहरूको प्रमुखको निर्देशनालय पनि समावेश छ।
हिजो मात्र युक्रेनको सुरक्षा सेवाले (एसबियु) युक्रेनमा प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरेको आरोपमा किरिलोभलाई सजाय सुनाएको कीभ इन्डिपेन्डेन्टले रिपोर्ट गरेको थियो ।
एसबीयूले किरिलोभको नेतृत्वमा रुसले करिब ५ हजार पटक रासायनिक हतियार प्रयोग गरेको दाबी गरेको छ ।
उनको मृत्यु पछि रूसले थप अनुसन्धान जारी राखेको जनाएको छ । थप बिवरण केही दिइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









