+
+

कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप: म्याङलुङको रोमाञ्चक जित, सेमिफाइनलमा प्रवेश

3 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८३ बैशाख २१, सोमबार २०:४२
-- Sponsored --

AI सारांश

Fast AI

१. म्याङलुङ स्पोर्टिङ क्लबले मरिक एफसी धरानलाई सडन डेथमा ५–४ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
२. खेलमा म्याङलुङका सन्तोष लिम्बु र विदेशी खेलाडी बिल्गोले बराबरी गोल फर्काएका थिए भने मरिक एफसीका नितेश लिम्बु र सबिन राईले गोल गरेका थिए।
३. प्रतियोगिताको विजेताले रु. ४,२५,५५५ तथा उपविजेताले रु. २,१२,७७७ नगद पुरस्कार प्राप्त गर्नेछन्।

मनोज थापा

पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा जारी दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ को तेस्रो क्वाटरफाइनल खेलमा तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबले उत्कृष्ट कमब्याक गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

म्याङलुङले मरिक एफसी धरानलाई सडन डेथमा ५–४ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। “यलम्बरको सान, कुम्मायकको पहिचान” भन्ने मूल नारासहित पृथ्वी माविको खेलमैदानमा सम्पन्न खेल अत्यन्तै रोमाञ्चक बनेको थियो।

पहिलो हाफमा मरिक एफसीले २–० को अग्रता बनाएको भए पनि दोस्रो हाफमा म्याङलुङ स्पोर्टिङ क्लबले सशक्त पुनरागमन गर्दै खेल २–२ को बराबरीमा ल्याएको थियो। निर्धारित समय बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टीमा पनि दुवै टोलीले ४–४ गोल गरेपछि खेल सडन डेथमा पुगेको हो, जहाँ म्याङलुङले निर्णायक गोल गर्दै जित सुनिश्चित गरेको थियो। निर्धारित समयमा मरिक एफसीका नितेश लिम्बु र सबिन राईले गोल गरेका थिए भने म्याङलुङका सन्तोष लिम्बु र विदेशी खेलाडी बिल्गोले पनि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

खेलको ‘प्लेयर अफ द म्याच’ म्याङलुङका सन्तोष लिम्बु घोषित हुँदै नगद रु. ७,००० प्राप्त गरे भने ‘फ्यान अफ द म्याच’ संयम लावती घोषित हुँदै नगद रु. १,५०० प्राप्त गरिन।

सोमबार भएको प्रतियोगितामा प्रमुख अतिथि रास्वपा जिल्ला कार्यसमिति पाँचथरका सभापति प्रकाश गुरुङ रहनुभएको थियो। प्रतियोगिता यलम्बर युवा संस्थाद्वारा त्रिशाली पूजा तथा मेलाको अवसरमा आयोजना गरिएको हो। आठ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रत्येक टिमले चार जना विदेशी खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको छ।

बैशाख २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. ४,२५,५५५ तथा उपविजेताले रु. २,१२,७७७ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win