+
+

सामुदायिक वनका उपभोक्ताहरुलाई व्यवसाय विकास प्रशिक्षण

120 पटक हेरिएको
Clock २०८२ बैशाख १९, शुक्रबार २२:२६
-- Sponsored --

AI सारांश

Fast AI

मिक्लाजुङ गाउँपालिकामा सामुदायिक वन समुह र वन उद्यमीहरुको लागि व्यवसाय विकास तालिम सम्पन्न भएको छ ।
डिविजन वन कार्यालय पाँचथरले सामुदायिक वन समुह र व्यक्तिगत उत्पादकहरुलाई व्यवसाय विकास सम्बन्धि प्रशिक्षण गराएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ पाँचथर अध्यक्ष राजेन्द्र प्रसाद काफ्लेले जानकारी दिए कि सहभागीहरुलाई सामुदायिक वनबाट उपलब्ध हुने कर्चापदार्थको प्रयोग, स्थानीय स्तरमा भएका प्राकृतिक श्रोत, जडिवुटी र जौविक विविधताको संरक्षणको विषयमा प्रशिक्षण गरिएको ।

रमेश थापा
पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिकामा सामुदायिक वन समुह र वन उद्यमीहरुको लागि व्यवसाय विकास तालिम सम्पन्न भएको छ । डिविजन वन कार्यालय पाँचथरले सामुदायिक वन समुह र व्यक्तिगत उत्पादकहरुलाई व्यवसाय विकास सम्बन्धि प्रशिक्षण अयोजना गरेको हो । दुई दिनसम्म संचालन भएको तालिमका सहभागीहरुलाई उद्योग संचालन गर्दा ध्यान दिनुपर्ने विषय, व्यवसायको लागि आवश्यक पर्ने बजारको अवस्था लगायतको विषयमा जानकारी गराइएको थियो ।
सहभागीहरुलाई सामुदायिक वनबाट उपलब्ध हुने कर्चापदार्थको प्रयोग, स्थानीय स्तरमा भएका प्राकृतिक श्रोत, जडिवुटी र जौविक विविधताको संरक्षणको विषयमा प्रशिक्षण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ पाँचथर अध्यक्ष राजेन्द्र प्रसाद काफ्लेले जानकारी दिए । दुई दिनसम्म संचालन भएको तालिममा कुम्मायक, तुम्बेवा, फाल्गुनन्द र मिक्लाजुङका सामुदायिक वनका २२ जना पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण सुवासचन्द्र देवकोटा र देविचन्द पोख्रेलले गरेका थिए । सहभागीहरुलाई मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तोश सेर्माले प्रमाणपत्र वितरण गरेका थिए । सहभागीहरुले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता समेत जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win