Comments Add Comment

सामुदायिक वनका उपभोक्ताहरुलाई व्यवसाय विकास प्रशिक्षण

रमेश थापा
पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिकामा सामुदायिक वन समुह र वन उद्यमीहरुको लागि व्यवसाय विकास तालिम सम्पन्न भएको छ । डिविजन वन कार्यालय पाँचथरले सामुदायिक वन समुह र व्यक्तिगत उत्पादकहरुलाई व्यवसाय विकास सम्बन्धि प्रशिक्षण अयोजना गरेको हो । दुई दिनसम्म संचालन भएको तालिमका सहभागीहरुलाई उद्योग संचालन गर्दा ध्यान दिनुपर्ने विषय, व्यवसायको लागि आवश्यक पर्ने बजारको अवस्था लगायतको विषयमा जानकारी गराइएको थियो ।
सहभागीहरुलाई सामुदायिक वनबाट उपलब्ध हुने कर्चापदार्थको प्रयोग, स्थानीय स्तरमा भएका प्राकृतिक श्रोत, जडिवुटी र जौविक विविधताको संरक्षणको विषयमा प्रशिक्षण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ पाँचथर अध्यक्ष राजेन्द्र प्रसाद काफ्लेले जानकारी दिए । दुई दिनसम्म संचालन भएको तालिममा कुम्मायक, तुम्बेवा, फाल्गुनन्द र मिक्लाजुङका सामुदायिक वनका २२ जना पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण सुवासचन्द्र देवकोटा र देविचन्द पोख्रेलले गरेका थिए । सहभागीहरुलाई मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तोश सेर्माले प्रमाणपत्र वितरण गरेका थिए । सहभागीहरुले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता समेत जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै