+
+

सञ्चार ऐन बनाउँदै कुम्मायक गाउँपालिका

159 पटक हेरिएको
Clock २०८२ जेष्ठ १७, शनिबार १८:४६
-- Sponsored --

AI सारांश

Fast AI

१. कुम्मायक गाउँपालिका पहिलोपटक सञ्चार ऐन निर्माणको प्रक्रियामा अघि बढेको छ।
२. गाउँपालिकाले स्थानीय सञ्चारमाध्यम तथा पत्रकारहरूको समस्या र अधिकारलाई सम्बोधन गर्ने उद्देश्यले ऐन निर्माणको तयारी थालेको छ।
३. नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटाको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ।

रमेश थापा, पाँचथर

पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका पहिलोपटक सञ्चार ऐन निर्माणको प्रक्रियामा अघि बढेको छ। स्थानीय सञ्चारमाध्यम तथा पत्रकारहरूको समस्या र अधिकारलाई सम्बोधन गर्ने उद्देश्यले पालिकाले ऐन निर्माणको तयारी थालेको हो।

गाउँपालिकामा सञ्चारसम्बन्धी स्पष्ट कानुनी संरचना नहुँदा विविध समस्याहरू देखिएको भन्दै पालिकाले पत्रकारहरूसँग प्रत्यक्ष छलफल शुरु गरेको छ। यही सन्दर्भमा नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटाको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ। समितिमा फोनिज प्रदेश अध्यक्ष विजयबोध लावती, पत्रकार महासंघका पूर्व अध्यक्ष लक्ष्मी गौतम, स्थानीय सञ्चारकर्मी कुमार खड्का र इवारा जबेगु सदस्य रहेका छन्। समितिले ऐन निर्माणमा समन्वयकारी भूमिका खेल्नेछ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनालका अनुसार सञ्चार ऐन २०८२/८३ को नीति तथा कार्यक्रममार्फत पालिका सभाबाट पारित गर्ने तयारी भइरहेको छ।

गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले सञ्चार क्षेत्रको वृद्धि र व्यवस्थापनका लागि पालिकाले ऐनमार्फत सहयोग पुर्‍याउने बताए। “गाउँपालिकाका गतिविधिहरू जनसमक्ष पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ,” अध्यक्ष लावतीले भने, “त्यसैले हामी ऐनमार्फत दीगो सहकार्यको वातावरण बनाउनेछौं।”

उपाध्यक्ष महेन्द्र खड्काले पत्रकारिता पारदर्शिता र जवाफदेहिताको आधार भएको उल्लेख गर्दै कानुनी संरचना मार्फत पालिका र सञ्चार क्षेत्रको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे।

छलफलमा सहभागी सञ्चारकर्मीहरूले पत्रकार र सञ्चारमाध्यमको अधिकार सुनिश्चित गर्ने, लोककल्याणकारी सूचना प्रवाहलाई प्राथमिकता दिने र पत्रकारिता संस्थाहरूको संस्थागत सबलीकरण गर्नुपर्ने सुझाव दिएका 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win