+
+

पाँचथरमा माघ २२ देखि पाठेघरको मुख क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरु हुने

89 पटक हेरिएको
Clock २०८१ माघ १५, मंगलवार २१:१०
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरमा माघ २२ गतेदेखी फागुन ६ गतेसम्म किशोरीहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप लगाइने भएको छ।
२. यो खोप जिल्ला भित्रका कक्षा ६ देखी १० सम्म अध्ययनरत १० देखी १४ वर्ष उमेर समुहका ८ हजार ९ सय ५२ जना किशोरीहरुलाई निशुल्क लगाइने भएको छ।
३. नेपालमा महिलाहरुमा हुने क्यान्सरहरुमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ भने क्यान्सरबाट महिलाको मृत्यु हुनेमा यो पहिलो मुख्य कारण देखिएको छ।

पाँचथर । पाँचथरमा यहि माघ २२ गतेदेखी किशोरीहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप लगाइने भएको छ।
स्वास्थ्य कार्यालय पाँचथरले माघ १५ गते एक कार्यक्रम आयोजना गरि एच.पि.भी खोप अभियान २०८१ सञ्चालन गरेर माघ २२ गतेदेखी फागुन ६ गतेसम्म खोप लगाउन लागिएको जनाएको हो ।
यो खोप जिल्ला भित्रका कक्षा ६ देखी १० सम्म अध्ययनरत १० देखी १४ वर्ष उमेर समुहका ८ हजार ९ सय ५२ जना किशोरीहरुलाई निशुल्क लगाइने भएको छ। जसमा विद्यालय १९२, स्वास्थ्य संस्था ६२, समुदायमा थप खोप केन्द्र १ गरि जम्मा २ सय ५५ खोप केन्द्र तोकीएको छ। यस अभियानमा लागि स्वास्थ्यकर्मी र स्वयसेवकहरु खटाइने स्वास्थ्य कार्यालय पाँचथरका सूचना अधिकारी लवरेन्स शाहले बताउनुभयो।
महिलाको पाठेघरको मुखमा हुने क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ। यो रोगलाई सर्भाइकल क्यान्सर पनि भनिन्छ। यो क्यान्सर मुख्य गरेर एच.पि.भी भाइरसको संक्रमणबाट हुन्छ। पाठेघरको मुखको क्यान्सरबाट नेपालमा हरेक दिन ४ जना महिलाहरुको मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ।
नेपालमा महिलाहरुमा हुने क्यान्सरहरुमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ भने क्यान्सरबाट महिलाको मृत्यु हुनेमा यो पहिलो मुख्य कारण देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win