+
+

तङ्सुम तङ्नाम/त्रीशाली पूजा तथा मेलाको तयारी सुरु : ७३ सदस्यीय मूल समारोह समिति गठन

88 पटक हेरिएको
Clock २०८२ माघ २५, आईतवार २१:५३
-- Sponsored --

AI सारांश

Fast AI

१. कुम्मायक गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावतीको अध्यक्षतामा ७३ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।
२. गाउँपालिका अध्यक्ष बम प्रसाद लावतीको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ।
३. प्रत्येक तीन वर्षको अन्तरालमा आयोजना हुने यस ऐतिहासिक पूजा तथा मेलाको अवसरमा कुम्मायक र कुस्सायक मन्दिरमा विधिपूर्वक पूजा–आजाअनुष्ठान गरे श्रद्धालु भक्तजनको मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ।

मनोज थापा
यासोक-परापूर्वकालदेखि परम्परागत रूपमा प्रत्येक तीन/तीन वर्षमा लाग्ने तङ्सुम तङ्नाम / त्रीशालि पूजा तथा मेला आयोजना गर्न मूल समारोह समिति गठन गरिएको छ। कुम्मायक गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावतीको अध्यक्षतामा ७३ सदस्यीय मूल समारोह समिति गठन गरिएको हो।

शनिबार कुम्मायक गाउँपालिकाका अध्यक्ष बम प्रसाद लावतीको अध्यक्षतामा बसेको आमभेलाबाट समिति गठन गरिएको समितिका अध्यक्ष देबेन्द्र कुमार लावतीले जानकारी दिनुभयो।

समितिको उपाध्यक्षमा निर्मलराज घिमिरे र लक्ष्मी त्रिखत्री, सचिवमा डिल्लीश्वर चेम्जोङ, सह–सचिवमा तेजप्रकाश लावती तथा कोषाध्यक्षमा मानबहादुर सम्बाहाम्फे चयन हुनुभएको छ। अन्य सदस्यहरू समेत गरी मूल समारोह समिति ७३ सदस्यीय रहेको छ।

यसैगरी गाउँपालिका अध्यक्ष बम प्रसाद लावतीको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। सल्लाहकार समितिका सदस्यहरूमा गाउँपालिका निवर्तमान अध्यक्ष जयबहादुर चेम्जोङ, गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का, वडा नं. २ का अध्यक्ष बालकृष्ण सेर्मा, वडा नं. ४ का अध्यक्ष फगेन्द्र कुमार सम्बाहाम्फे,  यासोक सुक्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजना तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मेगराज निरौला तथा जिल्ला समन्वय समिति निवर्तमान सदस्य मनमाया लावती रहनुभएको छ।

पूजा तथा मेला आयोजना हुने मिति मूल समारोह समितिको पहिलो बैठकबाट टुंगो लगाइने अध्यक्ष लावतीले जानकारी दिनुभएको छ। साथै मेलालाई भव्य र व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गरी तयारी अघि बढाइने बताउनुभएको छ।

प्रत्येक तीन वर्षको अन्तरालमा आयोजना हुने यस ऐतिहासिक पूजा तथा मेलाको अवसरमा कुम्मायक र कुस्सायक मन्दिरमा विधिपूर्वक पूजा–आजाअनुष्ठान गरे श्रद्धालु भक्तजनको मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ।

पूजा तथा मेलामा पूजा आरधना, खेलकुद, सांगीतिक कार्यक्रम, लगायत अन्य कार्यक्रमहरू सञ्चालन हुदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win