0 प्रतिक्रिया
अध्यक्ष ओलीद्वारा मनोनयन दर्ता
AI सारांश
Fast AI१. नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ।
२. अध्यक्ष ओली यसअघु २०७९ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो भने हालसम्म निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि आफ्नो मनोनयन दर्ता गराइसक्नुभएको छ।
३. सोही क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट नेता रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौला, पिपुल्स फस्र्ट पार्टीका धर्मराज गुरागाईं, मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर मेचे, राष्ट्रिय परिवर्तन पार्टीका सचिन राई र स्वतन्त्र उम्मेदवार मातृका भट्टराईसहित आठ जनाको मनोनयन दर्ता भइसकेको छ।
झापा (भद्रपुर), ६ माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ। निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष ओलीले आज मनोनयन दर्ता गराउनुभएको हो।
मनोनयन दर्तापश्चात् सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै निर्वाचनमा आफ्नो प्रतिस्पर्धी नरहेको बताउनुभयो। अध्यक्ष ओली यसअघि २०७९ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो।
निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार हालसम्म निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि आफ्नो मनोनयन दर्ता गराइसक्नुभएको छ। शाह यसअघि काठमाडौँ महानगरपालिकाकाको प्रमुख हुनुहुन्थ्यो। नगरप्रमुखबाट राजीनामा दिएर शाह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट झापा–५ मा उम्मेदवार बन्नुभएको हो।
सोही क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट नेता रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौला, पिपुल्स फस्र्ट पार्टीका धर्मराज गुरागाईं, मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर मेचे, राष्ट्रिय परिवर्तन पार्टीका सचिन राई र स्वतन्त्र उम्मेदवार मातृका भट्टराईसहित आठ जनाको मनोनयन दर्ता भइसकेको छ। —
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









