+
+

पाँचथर उद्योग बाणिज्य संघको अध्यक्षमा अधिकारी

196 पटक हेरिएको
Clock २०८१ चैत्र २६, मंगलवार ११:२३
-- Sponsored --

AI सारांश

Fast AI

१. नरेन्द्र प्रसाद अधिकारी पाँचथर उद्योग वाणिज्य संघको १३औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचन प्रक्रियाबाट संघको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।
२. अध्यक्ष नरेन्द्र प्रसाद अधिकारीले ७ सय ४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी रेखा लावतीले १ सय ९४ मत प्राप्त गर्नुभयो ।
३. महासचिव चन्द्रप्रकाश काफ्ले निर्विरोध निर्वाचित हुनुभएको छ भने सचिवमा विकास थापा र कोषाध्यक्षमा गणेस काफ्ले निर्वाचित हुनुभएको छ ।

पाँचथर । पाँचथर उद्योग वाणिज्य संघको १३औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचन प्रक्रियाबाट नरेन्द्र प्रसाद अधिकारी संघको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। अधिवेशन चैत्र २३ गतेदेखि सुरु भएको थियो भने मतगणना चैत्र २५ गते सम्पन्न भएको हो।
मतगणना अनुसार अधिकारीले ७ सय ४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी रेखा लावतीले १ सय ९४ मत प्राप्त गर्नुभयो । जम्मा ५ सय १० मतान्तरले हराउदै अधिकारी अध्यक्ष पदमा निर्वाचित हुनुभएको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत खगेन्द्र बास्कोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपाध्यक्षमा दिपेश गुप्ता, सूयकुमार मगर, उमानाथ अधिकारी र शिव अधिकारी निर्वाचित हुनुभएको छ। महासचिव चन्द्रप्रकाश काफ्ले निर्विरोध निर्वाचित हुनुभएको छ भने सचिवमा विकास थापा र कोषाध्यक्षमा गणेस काफ्ले निर्वाचित हुनुभएको छ ।
त्यस्तै समितिको सदस्यहरुमा भिमबहादुर कार्की, निर्मल श्रेष्ठ, यामप्रसाद चापागाईँ, केशव पौडेल, योगराज सेढाई, भविन मोक्तान, तिलरुपा पोखरेल, देउकुमार योङहाङ, लिलानाथ खरेल, मदक कालिकोटे र नारायण प्रसाद दाहाल निर्वाचित हुनुभएको हो । महिला सदस्यमा चन्द्रकला थापा निर्विरोध निर्वाचित हुनुभएको छ।
पाँचथर उद्योग बाणिज्य संघमा कुल मत १ हजार ३ सय ६९ रहेकोमा ९ सय ६६ मत खसेको थियो।
बाणिज्य संघको अधिवेशनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले नरेन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा प्यानल बनाएका थिए भने अर्कातिर नेकपा माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वत्रन्त पार्टीले रेखा लावतीको अध्यक्षतामा प्यानल बनाएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win