Comments Add Comment

तुम्बेवा महोत्सव : कवितामा अछामका रावल प्रथम

पाँचथर-राष्ट्रब्यापी कविता प्रतियोगितामा सुदूरपश्चिमको अछाम जिल्लाका हिक्मत रावल प्रथम भएका छन । तुम्बेवा महोत्सवको अवसरमा पाँचथरको तुम्बेवा गाउँपालिका केन्द्र मौवामा आयोजना गरिएको कविता बाचन प्रतियोगितामा रावल प्रथम भएका हुन । ६५ जिल्लाबाट १३१ सहभागी कविता मध्ये ४८ वटा छनोटमा परेका थिए । छनोटमा परेका कविता मध्ये २० जनाले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताको उत्कृष्ट कवि रावलको कविता परेको थियो । उनले नगद ५० हजार सहित प्रमाण प्राप्त गरेका थिए ।
त्यस्तै प्रतियोगिताको दास्रो उदयपुर जिल्लाका कवि जीवन आरोही बन्दै उनले नगद २५ हजार र प्रमाण पत्र पाएका थिए । त्यस्तै तेस्रो स्थानको पुरस्कार नगद रु १२ हजार ५ सय रुपैयाँ सहित तेह्रथुमका कवि भगिश्वर तेयुङलाई हस्तान्त्रण गरिएको थियो । प्रतियोगिताका बिजेता कविहरुलाई कार्यक्रमका प्रमुख अथिति तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्का र उपाध्यक्ष खड्क सुन्दर सम्बाहाम्फेले पुरस्कार बितरण गरेका थिए । गाउँपालिकाको आर्थिक सहयोगमा कोरकाली अध्ययन केन्द्र पाँचथरले प्रतियोगिताको आयोजना गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै