+
+

फिदिम स्पोर्टिङ क्लबलाई हराउदै सलहेश युवा क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश

Clock २०८२ श्रावण २७, मंगलवार २०:१५
-- Sponsored --

पाँचथर। पाँचथरको फिदिम स्पोटिङ क्लबलाई हराउँदै सलहेश युवा क्लब सिराहा ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छ।
भानुजन मा.विको खेलमैदानमा आज साउन २७ गते भएको अन्तिम क्वाटरफाइनल खेलमा सलहेशले फिदिम स्पोटिङलाई ६–० गोलले हराएको थियो। सलहेशका विदेशी खेलाडी सोडिया एडम, अर्का विदेशी खेलाडी युसुफ मलिक, सुजित वुढाथोकी र मोहित गुरुङले गोल गरेका थिए।
त्यस्तै फिदिम स्पोटिङका जङ खड्काले भने आत्मघाती गोल गरेका थिए।
दुई गोल गरेका सलहेशका युसुफ मलिक खेलको म्यान अफ दि म्याच बनेका छन्। उनले नगद रु ७ हजार पुरस्कार प्राप्त गरेका छन्।
भोलि साउन २८ गते बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ। भोलिको खेल चर्च ब्वाइज युनाइटेड क्लब ललितपुर र द योङ ब्रोदर्स एफसी, इटहरीविवच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका विजेताले उपाधी सहित नगद ७ लाख २ हजार ८२ प्राप्त गर्दा उपविजेताले ३ लाख ८२ रुपैयाँ प्राप्त गर्ने आयोजक समितिले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस