0 प्रतिक्रिया
सिताले जन्मोत्सवमा मधुपोखरीका विपन्न समुदायका बच्चालाई गरिन् न्यानो कपडा वितरण
AI सारांश
Fast AI१. बिर्तामोड–५ की सिता चुडाल सुवेदीले मधुपोखरीमा विपन्न तथा दलित समुदायका बालबालिकालाई न्यानो कपडा वितरण गरिन्।
२. सिताले आफ्नो जन्मदिन मनाउने नाममा फजुल खर्च गर्ने परम्परालाई तोड्दै गरिब दुखीलाई सहयोग गरेर मनाइन्।
३. सुवेदीले जन्मोत्सवको अवसर पारेर ३० जना विपन्न तथा दलित समुदायका बालबालिकालाई २० हजार मूल्य बराबरको न्यानो कपडा वितरण गरिन्।
मधुपोखरी १४ माघ । दशवर्षको छोराले भनेको एउटा शब्दले उनलाई मधुपोखरीसम्म डोहोर्यायो ।
केही महिना अघि १० वर्षिय छोरा स्वर्णिम सुवेदीले जन्मदिन केक काटेर नभई बृद्धाश्रममा मनाउने भनेर छोराले प्रस्ताव राखेपछि बृद्धाश्रममा गएर बृद्धबृद्धालाई खाना खुवाएकी उनलाई आमाको जन्मदिन पनि केक काटेर नमनाउन भनेपछि उनको मन फेरी सामाजिक सेवातर्फ मोडियो । खुशी बाँड्न बालबच्चालाई न्यानो कपडा लिएर सोमबार बिर्तामोड–१० स्थित मधुपोखरीमा पुगिन् । विपन्न तथा तथा दलित समुदायको बसोबास रहेको सो बस्तीका बालबालिकालाई न्यानो कपडा वितरण गर्न पुगेकी बिर्तामोड–५ कि सिता चुडाल सुवेदी ।
कपडा वितरणका क्रममा सिताले भनिन्–‘ममी केक काटेर जन्मदिन मनाउने होइन्, गरिब दुखीलाई सहयोग गरेर मनाउनु पर्छ, उनले थपिन्, ‘१० वर्षको छोराले भनेको उक्त कुराले मेरो मन छोयो र नै यहाँ आइपुगे, यसका लागि समन्वय गर्ने सबैप्रति आभार व्यक्त गर्दै सिताले भनिन् ।’
आर्थिक विपन्नताका कारण चिसोमा समस्या खेपिरहेका स्थानीयलाई लत्ता कपडा लिएर आफ्नो टोलमा कुनै पनि संघ–संस्था र व्यक्ति पनि आइ नपुगेको बताउँदै स्थानीय बिनोद दर्जीले सुवेदीलाई धन्यवाद दिए ।
मधुपोखरी टोल विकास संस्थाका अध्यक्ष तुलसी सुवेदीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा न.१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न बालबालिकालाई न्यानो कपडा वितरण कार्यक्रममा वडाध्यक्ष गुरुङले वडा नं. १० मा चुडाल परिवारको सद्भाव पहिलेदेखि नै रहेको उल्लेख गर्दै सामाजिक कार्यप्रतिको मोह अझ बढेर जानेमा विश्वास व्यक्त गर्नुभयो । मधुपोखरी क्षेत्रको विकासका लागि वडाले निकै ठूलो मेहनत गरेको बताउँदै वडाध्यक्ष गुरुङले सकेसम्म साथ सहयोग रहने बताउनु भयो । स्थानीय युवा नेता तथा नेपाली कांग्रेसका जिल्ला सचिव नविन विमलीले साथ र सहयोग समय अनुसार जुरेर आउने बताए ।
सुवेदीले जन्मोत्सवको अवसर पारेर ३० जना विपन्न तथा दलित समुदायका बालबालिकालाई २० हजार मूल्य बराबरको न्यानो कपडा वितरण गरेकी थिइन ।
सो अवसरमा बिर्तामोड नगरपालिका वडा नं. १० की वडासदस्य दिपीका शिवा, सुवेदीका श्रीमान् बालकृष्ण सुवेदी, दिदी धनमाया चुडाल, मेदनी विमली लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
जन्मोत्सवमा खुशीयाली मनाउने नाममा फजुल खर्च गर्ने, आफ्नो संस्कार र संस्कृतिलाई बिर्सिएर पश्चिमा संस्कृतिको सिको गर्दै केक काट्ने, मदिरा र मनोरञ्जनमा ठूलो धनराशी खर्चिने गरेको परम्परालाई तोड्दै जन्मदिन मनाउने हरेक व्यक्तिले सकारात्मक सोच राखेर समाजमा समस्या झेलिरहेकालाई सहयोग गर्नु आफैंमा सह्रानिय कार्य हो । जुन कार्यले लक्षित वर्गमा केही क्षण भएपनि खुशी ल्याउन सकोस् । अनि आफूले गरेको कामले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











