0 प्रतिक्रिया
नेपाल एपीएफ महिला फुटबल खेलाडीलाई सम्मान
AI सारांश
Fast AIनेपाल एपीएफ क्लबका महिला फुटबल टिमले 'एन्फा महिला लिग फुटवाल-२०२४'को उपाधी जित्न सफल भएको कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका हुन्। त्यस कार्यक्रममा नेपाल एपीएफ क्लबका महिला फुटबल टिम तथा अफिसियललाई सम्मान गरिएको छ।
नेपाल एपीएफ क्लबका महिला फुटबल टिमले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी उपाधी जित्न सफल भएका हुन्, जसमा सबिता रानामगर सर्वोत्कृष्ट खेलाडी, साबित्री किसन सर्वोत्कृष्ट गोलकिपर र रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता हुन सफल भएका थिए।
नेपाल एपीएफ क्लबका महिला फुटबल टिमले यसअघि २०७५ साल, २०७७ साल र २०७९ सालमा समेत एन्फा महिला लिग फुटबलको उपाधी जित्न सफल भएका थिए।
काठमाडौं । ‘एन्फा महिला लिग फुटवल–२०२४’को उपाधी जित्न सफल नेपाल एपीएफ क्लबका महिला फुटबल टिम तथा अफिसियललाई सम्मान गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरेका हुन्।
महानिरीक्षक अर्यालले नेपाल एपीएफ क्लवमा आवद्ध भई उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गरी संगठनको छवी उच्च राख्न खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरेका हुन्।
प्रतियोगितामा नेपाल एपीएफ क्लबका सबिता रानामगर सर्वोत्कृष्ट खेलाडी, साबित्री किसन सर्वोत्कृष्ट गोलकिपर र रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता हुन सफल भएका थिए।
यसअघि २०७५ साल, २०७७ साल र २०७९ सालमा समेत नेपाल एपीएफ क्लवका महिला फुटवल टिमले एन्फा महिला लिग फुटबलको उपाधी जित्न सफल भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









