पाँचथर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि पाँचथरमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ।
एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा विभिन्न दलका १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। जसमा नेपाली काँग्रेसको तर्फबाट नरेन्द्र कुमार केरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट अइन्द्र सुन्दर नेम्बाङ, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट हर्क बहादुर नेम्बाङ, प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट प्रकाश काफ्ले, नेपाल मजदुर किसान पार्टीबाट लक्षुमान तामाङले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिनुभएको छ।
उहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को तर्फबाट विजय नेम्बाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट तेज कुमार कुरुम्बाङ्ग, मंगोल नेशनल अर्गनाइजेशनबाट राम कुमार तुम्रोक,राष्ट्रिय स्वतन्त्र पार्टीबाट महेन्द्र विक्रम थाम्सुहाङले उम्मेदवारी दर्ता गराउनुभएको छ।
त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भानु भक्त फियाक, नेपाल जनमुक्ति पार्टीको तर्फबाट नरेन्द्र प्रसाद कुरुम्बाङ, जनता समाजवादी पार्टी, नेपालबाट मचिन्द्र प्रसाद बेघा, राष्ट्रिय परिवर्तन पार्टीको तर्फबाट टेकबहादुर सुब्बा, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह)बाट मित्र लिङ्देन र श्रम संस्कृति पार्टीको तर्फबाट हस्त राज शेर्माको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत मास्केले जानकारी दिनुभयो।
जिल्लामा स्वतन्त्र उम्मेदवार र महिला उम्मेदवार नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ।
पाँचथरमा १५ जनाले गरे उम्मेद्वारी दर्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
१
२
४
५
सम्बन्धित खवर
Advertisment







