+
+

एकै वर्षमा लडेर २५ जनाको मृत्यु

134 पटक हेरिएको
Clock २०८२ श्रावण २७, मंगलवार २०:२१
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरमा गत आर्थिक वर्ष २०८१-०८२ मा लडेर २५ जनाको मृत्यु भएको छ।
२. ग्रामीण क्षेत्रमा रातको समयमा पैदल यात्रा गर्नेहरुको लडेर ज्यान जाने गरेको छ ।
३. गत आ.व.मा कारण नखुली १४ जनाको अकस्मात ज्यान गएको छ।

पाँचथर, २७ साउनः
पाँचथरमा गत आर्थिक वर्ष २०८१-०८२ मा लडेर २५ जनाको मृत्यु भएको छ। भवितब्य ज्यान गुमाउने मध्ये लडेर मृत्यु हुने सबैभन्दा बढी छन।
विशेषतः ग्रामीण क्षेत्रमा रातको समयमा पैदल यात्रा गर्नेहरुको लडेर ज्यान जाने गरेको छ । मेलापात, गाउँघर, छरछिमेकबाट घर फर्कँदा रातको समयमा धेरै मानिस लड्ने र ज्यान जाने गरेको छ। गत आ.व.को एकै वर्षमा २५ जनाले लडेर ज्यान गुमाएका हुन। गाउँघरमा मादक पदार्थ सेवन गरी पैदल यात्रा गर्ने क्रमले पनि धेरैको अनाहकमा ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीको भनाइ छ । घासदाउरा गर्न, पशु चराउन गएकाहरु समेत अचानक लडेर ज्यान जाने गरेको छ । ग्रामीण क्षेत्रमा दुर्घटनामा परेकाहरुको उद्धार समेत समयमा हुन नसक्दा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ। 
गत आ.व.मा कारण नखुली १४ जनाको अकस्मात ज्यान गएको छ। यसैगरी अचानक विरामी भएर र खोलाले बगाएर छ÷छ जना, आगोले जलेर, अरिङ्गालले टोकेर र करेन्ट लागेर दुई-दुई जनाको ज्यान गएको प्रनाउ बुढाथोकीले जानकारी दिनुभयो । यसैगरी चट्याङ लागेर, रुखले किचेर, सवारी साधनबाट र पहिरोमा परेर एक-एक जनाको ज्यान गएको छ। 
गत वर्ष पाँचथर प्रहरीमा २३२ वटा मुद्दा दर्ता भएका छन। जसमा सबैभन्दा बढी भवितब्य ज्यानका ६२ वटा छन । यस्तै आत्महत्याका घटनालाई समेत प्रहरीले मुद्दाका रुपमा दर्ता गर्ने गरेको छ। गत वर्ष आत्महत्याका ४८ तथा अभद्र ब्यवहारका २७ वटा मुद्दा दर्ता भएका छन । यसैगरी बैङ्किङ कसुरका र जबरजस्ती करणीका १२-१२ वटा, ज्यान मार्ने उद्योगका १० वटा, लागूऔषधसम्बन्धी र फुटकर ज्यानसम्बन्धी नौ-नौ वटा, बाल यौन दुब्र्यवहारका छ वटा, ज्यानसम्बन्धी र बहुविवाहका पाँच-पाँच वटा, सवारी ज्यान, चोरी र ठगीका समान चार÷चार वटा मुद्दा दर्ता भएका छन। 
विगतका चार आर्थिक वर्षमा मुद्दा दर्ता सङ्ख्या करीव स्थिर रहेको प्रनाउ बुढाथोकीले जानकारी दिनुभयो । आ.व. ०७८-०७९ मा २३५ वटा, ०७९-०८० मा २३४ वटा र ०८०-०८१ मा २३७ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ। पाँचथर प्रहरीले जिल्लामा अपराधको प्रवृत्ति र दरका आधारमा कार्ययोजना निर्माण गरी काम गर्दै आएको प्रनाउ बुढाथोकीले जानकारी दिनुभयो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win