+
+

पृथ्वी मा.वि. का विद्यार्थी पुरस्कृत

428 पटक हेरिएको
Clock २०८१ भाद्र ३०, आईतवार २२:५४
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको कुम्मायक गाउँपालिका–१ को पृथ्वी माध्यमिक विद्यालयका चार विद्यार्थीलाई स्व. जानुका सुब्बा स्मृति अक्षयकोष रकमबाट पुरस्कृत गरिएको छ।
२. विद्यालयमा स्थापित ६ लाख रुपैयाँको अक्षयकोषको ब्याज २४ हजार रुपैयाँबाट जनही ६ हजारको दरले विद्यार्थी पुरस्कृत गरिएको छ।
३. अक्षयकोष रकमबाट विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको दाताहरुले जनाएका छन।

रमेश थापा
पाँचथर–पाँचथरको कुम्मायक गाउँपालिका–१ को पृथ्वी माध्यमिक विद्यालयका चार विद्यार्थीलाई पुरस्कृत गरिएको छ। स्व. जानुका सुब्बा स्मृति अक्षयकोष रकमबाट कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने प्राविधिक र साधारण तर्फका चार जना छात्र र छात्राहरुलाई नगद सहित पुरस्कृत गरिएको हो।
विद्यालयमा सबै भन्दा ठुलो ६ लाख रुपैयाँको अक्षयकोषको ब्याज २४ हजार रुपैयाँबाट जनही ६ हजारको दरले विद्यार्थी पुरस्कृत गरिएको प्र.अ ऋषिराम गजुरेलले जानकारी दिनुभयो। पुरस्कृत हुने साधारण तर्फका सविना सम्बाहाम्फे र लेखनाथ चम्लागाइ रहेका छन। उनिहरुले क्रमशः २.९९ र २.६९ जिपिए ल्याएर उर्तीण भएका थिए। त्यस्तै बाली विज्ञान तर्फका सुरितहाङ लावती र एलिसा लिम्बू रहेका छन। दुबैले क्रशमः ३.१७ र ३.०५ जिपिए ल्याउदै उर्तीण भएका छन्।
परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउदै उर्तिण हुने विद्यार्थीहरुलाई जनही ६ हजार नगद सहित सम्मान गरिएको स्व. जानुका सुब्बा स्मृति अक्षयकोषका संस्थापक प्रतिनिधि फगेन्द्र कुमार सम्बाहाम्फेले जानकारी दिनुभयो। स्व. जानुका सुब्बाका छोरा धिरेन्द्र र विक्रम लिम्बूले २०८० सालमा विद्यालयमा सबै भन्दा ठुलो ६ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए। अक्षयकोष रकमबाट विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको दाताहरुले जनाएका छन।
गाउँपालिका केन्द्रको विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन बिभिन्न दाताको सहयोगमा अक्षयकोष स्थापना गरी पुरस्कार वितरण गर्दै आएको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष तथा कुम्मायक १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताउनु भयो। उहाँले क्रमश दाताहरुको खोजी गरी अक्षयकोष रकमलाई बढाउँदै लाने विद्यालयले लक्ष्य लिएको लावतीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win