0 प्रतिक्रिया
गणतन्त्र दिवसमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप उपहार
AI सारांश
Fast AI१. हिलिहाङ गाउँपालिका ५ नम्बर वडा कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप उपहार दिएको छ।
२. वडाकी छात्रा बर्षा थुङ्गिम लिम्बूलाई ३.७५ जीपीए ल्याउने उत्कृष्ट अङ्कको आधारमा रु. ८० हजार मूल्यको ल्यापटप उपहार दिइएको थियो।
३. वडाले विद्यार्थी प्रोत्साहन कार्यक्रमलाई वार्षिक कार्यक्रममा समावेश गरेको छ र यसको निरन्तरताका लागि कार्यविधि तयार गरी लागू गरिने वडाध्यक्ष सुहाङको भनाइ छ।
पाँचथर, १५ जेठः
पाँचथरको हिलिहाङ गाउँपालिका ५ नम्बर वडा कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा वडाबाट उत्कृष्ट अङ्क ल्याई उत्तिर्ण हुने विद्यार्थीलाई ल्यापटप उपहार दिएको छ ।
अठारौं गणतन्त्र दिवसको अवसर पारेर वडा कार्यालयले आज सोही वडाको देवी योङहाङ स्मृति भवन विद्यार्थी प्रोत्साहन कार्यक्रम आयोजना गरी सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रा बर्षा थुङ्गिम लिम्बूलाई ल्यापटप उपहार दिएको हो । यहाँको निलगिरी माध्यमिक विद्यालयकी छात्रा थुङ्गिमले ३.७५ जीपीए ल्याइ एसईई उत्तिर्ण गर्नुभएको थियो । छात्रा थुङ्गिमलाई गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा सेढाईं तथा वडाध्यक्ष बिर्खबहादुर सुहाङले दोसल्ला र प्रसंशा–पत्रले सम्मान गरी ल्यापटप उपहार दिनुभएको थियो । अन्य विद्यार्थीहरुलाई अध्ययनमा प्रोत्साहित गर्न वडाका अगुवाहरुले उत्कृष्ट अङ्क ल्याउने छात्रालाई सम्मान गरेका थिए ।
वडाध्यक्ष बिर्खबहादुर सुहाङले सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तर सुधार गर्ने, विद्यार्थी र अभिभावकलाई आकर्षित गर्ने तथा सर्वाधिक अङ्क ल्याई उत्तिर्ण विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सघाउ पु¥याउने उद्देश्यले ल्यापटप वितरण गरिएको वताउनुभयो । वडाले विद्यार्थी प्रोत्साहन कार्यक्रमलाई वार्षिक कार्यक्रममै समावेश गरेको तथा यसको निरन्तरताका लागि कार्यविधि तयार गरी लागू गरिने वडाध्यक्ष सुहाङको भनाइ छ ।
हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि रचनात्मक कार्यक्रमलाई अगाडि बढाउनु पर्ने तथा अभिभावकहरु जिम्मेवार हुनुपर्ने अवस्था आएको वताउनुभयो । “अभिभावकहरुले आफ्ना नानीहरुको पढाइप्रति चासो बढाउने हो भने मात्रै सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न सकिन्छ”, अधिकारीले भन्नुभयो, “यस्तै रचनात्मक कार्यक्रमबाट अभिभावक र विद्यार्थीलाई जागरुक बनाउन गाउँपालिकाले समेत प्रयास गर्नेछ ।” विषयत शिक्षक नपाउने समस्याले समेत शैक्षिक गुणस्तर उकास्न कठिन भएको अध्यक्ष अधिकारीको भनाइ छ ।
गत वर्षको एसईई परीक्षामा उक्त वडामा रहेका निलगिरी माध्यमिक विद्यालयबाट १९ जना तथा सरस्वती माध्यमिक विद्यालयबाट १४ जना विद्यार्थी एसईईमा सामेल भएका थिए । उत्कृष्ट अङ्क ल्याउने छात्रालाई रु. ८० हजार मूल्यको ‘कोर आई फाइभ’ ल्यापटप उपहार दिइएको वडाध्यक्ष सुहाङले वताउनुभयो । वडा कार्यालयले विद्यार्थीहरुलाई प्रोत्साहित गर्न थालेकामा अभिभावकहरुले खुशी ब्यक्त गर्दै यो कार्यक्रमको निरन्तरताको माग गर्नुभयो । गणतन्त्र दिवसको अवसर पारेर यस प्रकारको कार्यक्रम गर्नाले शासन ब्यवस्थाप्रति जनताको अपनत्व वृद्धि हुने अपेक्षा समेत गरिएको हिलिहाङ गाउँ कार्यपालिकाका सदस्य वीरेन्द्र मंग्राती वताउनुहुन्छ । हिलिहाङ गाउँपालिकाका शिक्षा अधिकृत केशव तिम्सिनाले भविश्यसम्म प्रयोग हुने ल्यापटप उपहार दिएर विद्यार्थीलाई प्रोत्साहित गर्ने कार्यक्रम पालिकामा पहिलो भएको वताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories







