+
+

तालिवानको नयाँ आदेशः अब रेडियोबाट महिला आवाज सुनाउन पाइन्न

65 पटक हेरिएको
Clock २०८१ चैत्र ६, बुधबार १५:४३
-- Sponsored --

AI सारांश

Fast AI

१. तालिबान सरकारले अफगानिस्तानको रेडियोमा महिलाको आवाज प्रसारण गर्न प्रतिबन्ध लगाएको छ।
२. तालिबानले रेडियो स्टेशनहरूलाई तालिबान नेता हिबतुल्लाह अखुन्दजादालाई ‘सम्मानित अमीर अल–मुमिनिन, अल्लाहले रक्षा गरून्’ भनेर उल्लेख गर्न पनि आदेश दिएको छ।
३. तालिबानले धेरै प्रकारका विज्ञापनमा प्रतिबन्ध लगाइएको छ, जसमा औषधि, कस्मेटिक उत्पादन र स्वास्थ्य सेवाहरूको विज्ञापन सार्वजनिक स्वास्थ्य निर्देशनालयले आधिकारिक रूपमा अनुमोदन नगरेसम्म प्रतिबन्ध लगाइएको छ।

काबुल, ६ चैत । अफगानिस्तानमा तालिबानले कब्जा गरेदेखि नै महिला अधिकारका बारेमा विश्वभर चिन्ता व्यक्त भइरहेको छ। 

पश्चिमी देशहरूको सबै आलोचनाको बाबजुद तालिबान सरकारले एकपछि अर्को आदेश जारी गरिरहेको छ। यसअघि महिलालाई समाचार एङ्करिङ र रिपोर्टिङबाट हटाइएको थियो भने अब नयाँ आदेशमा रेडियोबाट पनि महिलालाई हटाइएको छ । अब अफगानिस्तानको रेडियोमा महिलाको आवाज सुनिने छैन।

अफगानिस्तान पत्रकार केन्द्रका अनुसार तालिबानले कान्दाहारमा नयाँ मिडिया प्रतिबन्ध लगाएको हो। तालिवानको सूचना तथा संस्कृति निर्देशनालयले जारी गरेको निर्देशन अनुसार रेडियोमा महिलाको आवाज प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ । यस बाहेक तालिबानले धेरै निर्देशन दिएको छ, जसलाई रेडियो स्टेशनहरूले पालना गर्नुपर्नेछ।

निर्देशनले सबै रेडियो स्टेशनहरूलाई तालिबान नेता हिबतुल्लाह अखुन्दजादालाई ‘सम्मानित अमीर अल–मुमिनिन, अल्लाहले रक्षा गरून्’ भनेर उल्लेख गर्न पनि आदेश दिएको छ। यसबाहेक, सञ्चारमाध्यमहरूले तालिबान सरकारलाई ‘इस्लामिक इमिरेट्स’ भनेर सम्बोधन गर्नुपर्नेछ।

यसबाहेक नयाँ अध्यादेशमा धेरै प्रकारका विज्ञापनमा प्रतिबन्ध लगाइएको छ । औषधि, कस्मेटिक उत्पादन र स्वास्थ्य सेवाहरूको विज्ञापन सार्वजनिक स्वास्थ्य निर्देशनालयले आधिकारिक रूपमा अनुमोदन नगरेसम्म प्रतिबन्ध लगाइएको छ। यसबाहेक रिपोर्टिङ वा कार्यक्रमका लागि कान्दाहार जाने रेडियोका कर्मचारीले पनि सूचना तथा संस्कृति निर्देशनालयबाट अनुमति लिनुपर्नेछ ।

अफगानिस्तान पत्रकार केन्द्रले यसकाे बिराेध गरेकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win