+
+

हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक थियो- प्रधानमन्त्री ओली

138 पटक हेरिएको
Clock २०८१ आश्विन १, मंगलवार १२:२१
-- Sponsored --

AI सारांश

Fast AI

१. प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि भन्ने नाराका साथ १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा शुभकामना दिएका छन्।
२. उनले विज्ञान दिवसको अवसरमा वैज्ञानिक, विज्ञानमा साचो वा वैज्ञानिक खोज, अनुसन्धान र सोचको प्रवद्र्धनमा तल्लीन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेका हुन्।
३. प्रधानमन्त्री ओलीले सरकारले विज्ञान र प्रविधिलाई मेरुदण्डका रुपमा अंगीकार गर्दै आर्थिक विकास एवं सामाजिक रुपान्तरणको प्रक्रियालाई तीव्र बनाउन अग्रसर छ भनेका छन्।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि भन्ने नाराका साथ आज हामी १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा शुभकामना दिएका छन् । 

प्रधानमन्त्री ओलीले विज्ञान दिवसको अवसरमा वैज्ञानिक, विज्ञानमा साचो वा वैज्ञानिक खोज, अनुसन्धान र सोचको प्रवद्र्धनमा तल्लीन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् । 

उनले पूर्वीय दर्शनले सयौ वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आफुमा समाहित गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरुमा प्रष्ट रहेको उल्लेख गर्दै हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक रहेको बताएका छन् ।

उनले भनेका छन्- ‘समयक्रममा हामीले आफ्नो ढङ्गले यसलाई विकास गरेर जान सकेनौं । बाँकी संसारले ज्ञानको उज्यालोसँग साक्षात्कार गर्न नपाएको युगमा  पनि विज्ञानका युगान्तकारी सिद्धान्त हाम्रो शिक्षा, शिक्षा प्रणाली र मौलिक परम्परामा समेटिएका थिए । खगोलशास्त्र, भूगोलशास्त्र, औषधि विज्ञान, जीव विज्ञानको क्षेत्रमा हेर्दा हामी उहिल्यै अगाडि थियौं । समयक्रममा हाम्रा सामु नयाँ परम्परा र परिवेश आए र तिनलाई अगाडि बढाउनु पर्यो । अब फेरि हामीले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पनि पुनर्जागृत गर्नुपर्छ ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधिको भूमिका अपरिहार्य छ । यसका लागि सरकार विज्ञान र प्रविधिलाई मेरुदण्डका रुपमा अंगीकार गर्दै आर्थिक विकास एवं सामाजिक रुपान्तरणको प्रक्रियालाई तीव्र बनाउन अग्रसर छ । सरकारले प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानेको छ, विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रुपमा अंगीकार गर्ने नीति लिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा विद्यमान संरचनाहरको सशक्तीकरण र सबलीकरण पनि उत्तिकै आवश्यक रहेको छ । यस्ता संगठनहरु उच्चस्तरीय आयोग बनाई पुनःसंरचनाको खाका तयार गरी कार्यान्वयन गर्ने सरकारको दीर्घकालीन नीति रहेको छ ।

प्रधानमन्त्री ओलीले सरकारले अनुसन्धान तथा उद्यमशीलता प्रवद्र्धन गर्न आविष्कार कोष, स्टार्टअप फण्ड जस्ता वैज्ञानिक, अनुसन्धानकर्मी र देशमै उद्यम गर्न खोजिरहेका युवाहरु केन्द्रित कार्यक्रमहरुको लागि सरकारले बजेट विनियोजन गरेको बताएका छन् । उनले देशलाई आवश्यक वैज्ञानिक खोज, अनुसन्धानमा उच्च शिक्षाका जनशक्तिहरुको उचित प्रयोग गरी तथ्य आधारित नीति, कार्यक्रमहरु निर्माणमार्फत् ज्ञानमा आधारित दिगो अर्थतन्त्रको निर्माणमा हामी केन्द्रित हुन आवश्यक रहेको बताउदै उपयुक्त कार्यक्रमहरु समन्वयात्मक रुपमा अगाडि बढाउन सरकारले प्रयास गरिरहेको बताएका छन् ।

उनले १२औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा फेरि एक पटक वैज्ञानिक सोच, विधि र प्रक्रियाबाट राष्ट्रको सम्मुन्नति हासिल गर्न हामी सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दै विज्ञानको महत्व र अपरिहार्यताका सम्बन्धमा हरेक व्यक्तिलाई अवगत गराउन वा सचेत तुल्याउन यो दिवस सफल रहोस् भन्ने शुभकामना दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win