+
+

पालिकाहरूले स्थानीय उत्पादनको बजारीकरणमुखी बजेट ल्याउनुपर्छ : तरुण नेता गौतम

82 पटक हेरिएको
Clock २०८१ असार ८, शनिबार १०:१८
-- Sponsored --

AI सारांश

Fast AI

यस समाचारको सारांश निम्न ३ वटा बुँदामा दिइएको छ:

१. नेपाल तरुण दलका केन्द्रीय सदस्य भीमकुमार गौतमले स्थानीय पालिकाहरूले स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन हुने खालको बजेट ल्याउन सुझाव दिएका छन्।

२. स्थानीय उत्पादनको बजारीकरण गर्न सके पालिकाभित्रका जनताको जनजीवन सुध्रिने र पालिकाले सहजै समृद्धि हासिल गर्न सक्ने उनको भनाइ छ।

३. त्यसका अलावा स्थानीय तहमा भएका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न सकेमा पनि राम्रो आम्दानी गर्न सकिने उनले बताए।

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य भीमकुमार गौतमले स्थानीय पालिकाहरूले बजेट ल्याउने तयारी गरिरहँदा स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन हुने खालको बजेट ल्याउन सुझाव दिएका छन्। ओखलढुंगाका विभिन्न पालिकाका प्रतिनिधिहरूसँगको भेटमा गौतमले उक्त सुझाव दिएका हुन्।

स्थानीय उत्पादनको बजारीकरण गर्न सके पालिकाभित्रका जनताको जनजीवन सुध्रिने र पालिकाले सहजै समृद्धि हासिल गर्न सक्ने उनको भनाइ छ।

‘स्थानीय उत्पादनको बजारीकरण हुँदा कृषकले राम्रो आम्दानी गर्छन्। उनीहरूले पालिकालाई कर तिर्छ। पालिकाका विभिन्न सेवा सुविधा उपभोग गर्न सक्ने हैसियत निर्माण हुन्छ। यसले एक पक्षलाईमात्र नभएर सबैलाई फाइँदा पुर्‍याउँछ,’ उनले भने।

स्थानीय पालिकाले ठूला बाटाघाटाको चिन्ता गर्नुभन्दा जनजीविकासँग जोडिएका विषयमा गम्भीर हुन सुझाएका छन्। ‘कृषकका लागि कुलो, आधुनिक प्रकृतिका औजारमा स्थानीय पालिकाले जनतालाई सहुलियत दिनुपर्छ। ठूला योजना त प्रदेश र केन्द्र सरकारले गरिहाल्छन्,’ उनले भने।

त्यसरी उत्पादन भएका बस्तुको बजारीकरणका लागि अन्य पालिका र निकायसँग समन्वय गर्नुपर्ने उनको भनाइ छ। ‘कतिपय कच्चा पदार्थको रूपमा बजारीकरण गर्नुपर्ने र कतिपय तयारी बस्तुको बजारीकरण गर्नुपर्ने हुन्छ। यी सबै क्षेत्रको अध्ययन गरेर पालिकाहरूले रणनीति अवलम्बन गर्नुपर्छ,’ उनले भने । त्यसका अलावा स्थानीय तहमा भएका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न सकेमा पनि राम्रो आम्दानी गर्न सकिने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win