0 प्रतिक्रिया
उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा
AI सारांश
Fast AIकोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका उरुग्वे र पानामाको बारेमा ३ वटा बुँदामा सारांश निम्नलिखित हुन्:
१. उरुग्वेले अमेरिकालाई १-० गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा प्रवेश गरेको छ, जसको जितमा माथियास ओलिभेराले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
२. पानामाले बोलिभियालाई ३-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा प्रवेश गरेको छ, जसको जितपछि पानामाले ३ खेलमा दुई जितसहित ६ अंक हासिल गर्दै समुह सी मा दोस्रो स्थान ओगटेको छ।
३. उरुग्वे र पानामा क्वाटरफाइनलमा समुह डी को उपविजेता र विजेतासँग क्रमशः खेल्ने छन्, भने समुह सी बाट अमेरिका र बोलिभिया प्रतियोगिताबाट बाहिरिएका छन्।
काठमाडौँ । उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् ।
मंगलबार बिहान सम्पन्न समुह चरणको अन्तिम खेलमा उरुग्वे र पानामाले आ-आफ्नो खेल जितेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका हुन् ।
उरुग्वेले आफ्नो समुह चरणको अन्तिम खेलमा अमेरिकालाई १-० गोल अन्तरले पराजित गरेको थियो । उरुग्वेको जितमा खेलको ६६औ मिनेटमा माथियास ओलिभेराले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि उरुग्वेले समुह चरणका तिनै खेल जितेर समुह सी मा शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।
त्यस्तै समुह सी को आजै सम्पन्न अर्को खेलमा पानामाले बोलिभियालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि पानामाले ३ खेलमा दुई जितसहित ६ अंक हासिल गर्दै समुह सी मा दोस्रो भएर क्वाटरफाइनलमा पुगेको छ ।
योसँगै समुह सी बाट अमेरिका र बोलिभिया प्रतियोगिताबाट बाहिरिएका छन् ।
अब क्वाटरफाइनलमा उरुग्वेले समुह डी को उपविजेता र पानामाले समुह डी को विजेतासँग खेल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











