+
+

तुम्वेवा गाउँपालिका: छैटौं राष्ट्रपति रनिङ शिल्डमा इन्द्रावती मावि को शानदार जित

Clock २०८१ माघ १९, शनिबार १२:२४
-- Sponsored --

पाँचथर – पाँचथरको तुम्बेवा गाउँपालिकामा सम्पन्न छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि इन्द्रावती मावि ले जितेको छ। इन्द्राणी मावि को खेलमैदानमा सम्पन्न प्रतियोगितामा इन्द्रावती मावि ले ११ स्वर्ण, ७ कास्य र १ रजत पदक सहित १९ विधामा बिजय हासिल गर्दै उपाधि हात पारेको हो।

त्यस्तै, ९ स्वर्ण, ९ कास्य र १ रजत सहित इन्द्राणी मावि ले दोस्रो स्थान सुरक्षित गरेको छ।

त्यस्तै, २ स्वर्ण, ३ कास्य र ७ रजत सहित गुह्येश्वरी मावि तेस्रो स्थानमा रह्यो। प्रतियोगिताको चौथो स्थानमा शिद्ध महेन्द्र मावि, पाँचौं स्थानमा त्रिवेणी मावि र छैटौं स्थानमा वलने मावि रहेको छ।

प्रतियोगिताका विजेता तथा उपविजेता विद्यालयहरूलाई गाउँपालिका अध्यक्ष बाबुराम खड्का, प्रशासकीय अधिकृत राजन थापा लगायतका व्यक्तित्वले पुरस्कार वितरण गर्नुभएको थियो।

माघ १६ गतेदेखि १८ गतेसम्म संचालन भएको यो प्रतियोगिता तुम्बेवा गाउँपालिकाको आयोजना तथा इन्द्राणी मावि मौवाको व्यवस्थापनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस