+
+

एक करोडको चाँदीसहित बारामा एक पक्राउ

62 पटक हेरिएको
Clock २०८१ मंसिर २३, आईतवार ०९:४४
-- Sponsored --

AI सारांश

Fast AI

१. कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुरका ३६ वर्षीय कर्म साह सोनारलाई अमलेखगन्जस्थित इलाका प्रहरी कार्यालयको टोलीले जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगन्जबाट शनिबार बिहान पक्राउ गरेको हो।
२. उनको साथबाट ६० किलो चाँदीको धुलो बरामद भएको छ जसको अन्दाजी बजार मूल्य एक करोड दुई लाख रहेको छ।
३. सोनारले भारतबाट अवैध रुपमा चाँदी ल्याएका थिए र प्रहरीले सोनारमाथि अनुसन्धान गरिरहेको छ।

काठमाडौं – बाराबाट ठूलो परिमाणमा चाँदीसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुरका ३६ वर्षीय कर्म साह सोनार रहेका छन्।

प्रदेश ०३-००५प ३२६ नम्बरको स्कुटरमा वीरगन्जबाट हेटौंडा जाँदै गरेका सोनारलाई अमलेखगन्जस्थित इलाका प्रहरी कार्यालयको टोलीले जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगन्जबाट शनिबार बिहान पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनको साथबाट ६० किलो चाँदीको धुलो बरामद भएको छ। बरामद चाँदीको अन्दाजी बजार मूल्य एक करोड दुई लाख रहेको छ।

स्कुटरको खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाएर सोनारले चाँदी तस्करी गरिरहेका थिए। उनले भारतबाट अवैध रुपमा चाँदी ल्याएका थिए। प्रहरीले सोनारमाथि अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win