+
+

कर्मचारी नियुक्तिको विषयमा एमालेको ११ बुदे ध्यानाकर्षण पत्र, लिखित जवाफ दिने गाउँपालिको भनाइ

91 पटक हेरिएको
Clock २०८१ कार्तिक १३, मंगलवार १९:४८
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको कुम्मायक गाउँपालिकामा अस्पताल विकास समितिले कानूनी प्रकृया पुरा नगरी कर्मचारी नियुक्ति गरेको भन्दै एमालेले आपत्ति जनाएको छ।
२. गाउँपालिकाले १९ जना करारका कर्मचारी हटाएकोमा ४ जनालाई अस्पताल विकास समितिले सोझै नियुक्ति गरेको र बाँकी १५ जनालाई चासो नगरेको भन्दै अन्य कर्मचारीको पनि व्यवस्थापन गर्न माग गरेको छ।
३. प्रदेश सरकारले करारका कर्मचारी नियुक्ति नगर्नु भन्दै २०८० पौष २२ गते कानुन ल्याएको थियो जसअनुसार गाउँपालिकाले कुनै पनि कर्मचारी करारमा नियुक्त गर्न पाउने छैन।

रमेश थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकामा अस्पताल विकास समितिले कानूनी प्रकृया पुरा नगरी कर्मचारी नियुक्ति गरेको भन्दै एमालेले आपत्ति जनाएको छ।
कानुन विपरित नियुक्ति गरेको कर्मचारीलाई हटाएर फेरि सोही कर्मचारीहरु पुनः नियुक्त गरेपछि यस विषयलाई लिएर यहाँ विवाद उत्पन्न भएको हो।
हटाइएका कर्मचारीहरु मध्ये केही कर्मचारीलाई अस्पताल विकास समितिले सोझै नियुक्ति दिएपछि नेकपा एमाले कुम्मायक गाउँपालिका कमिटीले ११ बुदे ध्यानाकर्षण पत्र बुझाउदै उक्त नियुक्ति तत्काल सच्याउन माग गरेको हो।
आइतवार गाउँपालिका कमिटी अध्यक्ष मेघराज निरौलाद्धारा हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीलाई बुझाउदै विधि र प्रकृया बिपरित कर्मचारी नियुक्ति गरेको भन्दै तत्काल निर्णय सच्याउन माग गरेको छ। गाउँपालिकाले १९ जना करारका कर्मचारी हटाएकोमा ४ जनालाई अस्पताल विकास समितिले सोझै नियुक्ति गरेको र बाँकी १५ जनालाई चासो नगरेको भन्दै अन्य कर्मचारीको पनि व्यवस्थापन गर्न माग गरेको छ।

“गाउँपालिकाले जारी गरेको सूचना अपरिपक्क छ। करार सेवा भंग र स्थगित भन्दै लापरबाही र बदनियतका साथ केही कर्मचारी राखेर अरुलाई हटाउने काम भएको छ। ” ध्यानाकर्षण पत्र बुझाउदै निरौलाले भन्नुभयो। प्रदेश सरकारले करारका कर्मचारी नियुक्ति नगर्नु भन्दै २०८० पौष २२ गते कानुन ल्याएको थियो। गाउँपालिकाले सोही कानुन विपरित कुम्मायक आधारभूत अस्पतालमा चार कर्मचारी नियुक्ति गरेको थियो। तर प्रदेशको कानुन विपरित नियुक्ति भएका चार कर्मचारीको करार स्थगित हुदा अन्य १५ जना पुराना कर्मचारीको हकमा पूर्वाग्रह साधिएको निरौलाको भनाइ छ।
यता गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले ११ बुदे ध्यानाकर्षण पत्रको विषयमा लिखित जवाफ दिने बताउनु भएको छ। उहाँले पालिकाले प्रदेश सरकारको कानुन अनुसारनै कर्मचारी नियुक्ति गरेको बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले प्रदेश सरकारले बनाएको स्थानीय सरकारी सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु व्यवस्था गर्न बनेको ऐन २०८० को व्यवस्था अनुसार कर्मचारी हटाएको दावी गर्नुभएको छ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले प्रदेश सरकारले बनाएको स्थानीय सरकारी सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु व्यवस्था गर्न बनेको ऐन, २०८० को व्यवस्था अनुसार कर्मचारी हटाएको दावी गर्नुभएको छ। “प्रदेश सरकारले २०८० पुष २२ गते जारी गरेको व्यवस्था अनुसार गाउँपालिकाले कुनै पनि कर्मचारी करारमा नियुक्त गर्न पाउने छैन भनि उल्लेख गरेको छ। ऐन विपरित करारमा कर्मचारी नियुक्ति पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य सुविधा बापतको रकम नियुक्ति गर्ने कर्मचारी वा पदाधिकारीबाट असुलउपर गर्ने उल्लेख छ। सोही अनुसार गाउँपालिकाले करारका कर्मचारी हटाएको हो।” अधिकारीले भन्नुभयो।
गत असोज १६ गते बसेको कार्यपालिका बैठकले १९ जना कर्मचारीको करार सम्झौता भंग गरेको सूचना टासेको थियो। तर कार्तिक १ गतेदेखि कुम्मायक आधारभूत अस्पताल विकास समितिले गाउँपालिकाले हटाएको चार कर्मचारीलाई सोझै नियुक्ति गरेपछि गाउँपालिकामा विवाद उत्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win