0 प्रतिक्रिया
फाल्गुनन्द गोल्डकप को खेल तालिका सार्वजनिक
AI सारांश
Fast AI१. फाल्गुनन्द गोल्डकप ११ औँ संस्करणको खेल तालिका सार्वजनिक भएको छ, जसमा पुस ६ गतेदेखी १५ गतेसम्म विभिन्न टोलीहरू आमनेसामने हुनेछन्।
२. प्रतियोगिताको उदघाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र करसाङ् फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ, त्यसपछि विभिन्न टोलीहरू आमनेसामने हुनेछन्।
३. प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैया प्राप्त गर्नेछ, जबकि उपविजेताले ५ लाख ५ सय ५५ रुपैया प्राप्त गर्नेछ।
इवारा जवेगु लिम्बु
पाँचथर। पाँचथरको सदरमुकाम फिदिममा पुस ६ गतेदेखी १५ गतेसम्म सञ्चालन हुन गइरहेको फाल्गुनन्द गोल्डकप ११ औँ संस्करणको खेल तालिका सार्वजनिक भएको छ।
आयोजक फिदिम स्पोर्टिङ क्लबले सार्वजनिक गरेको तालिका अनुसार पुस ६ गते उदघाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र करसाङ् फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै खेलको दोस्रो दिन पुस ७ गते मचिन्द्र क्लब काठमाडौँ र झापा ११ आमनेसामने हुनेछन्।
पुस ८ गते तेस्रो खेलमा फिदिम स्पोर्टिङ क्लब र करसाङ्विचको विजेता टोलिले विभागीय टोली त्रिभूवन क्लबसंग प्रतिस्पर्धा गर्ने छ भने चौथो खेल पुस ९ गते मछिन्द्र क्लब र झापा ११ को विजेताले न्यू स्टार क्लब सुनसरीसंग प्रतिस्पर्धा गर्ने छ।
पुस १० गते लिडर चर्च ब्वाइज युनाइटेड क्लबले विराटनगर सिटि फुटबल क्लबको सामना गर्ने छ भने पुस ११ गते न्यूरोड टिम एनआरटी र सहलेश युथ क्लब सिराहा भिड्ने छन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल पुस १२ गते र दोस्रो तथा अन्तिम सेमिफाइनल खेल पुस १३ गते हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिनुभयो। फाइनल खेल पुस १५ गते हुने छ।
फिदिम मा.वि.को खेलमैदानमा हुने प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैया प्राप्त गर्नेछ त्यसरी नै उपविजेताले ५ लाख ५ सय ५५ रुपैया प्राप्त गर्नेछ। विद्यागत तर्फ पनि पुरस्कार रहेको आयोजकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









