+
+

फाल्गुनन्द गोल्डकपः टाइब्रेकरमा त्रिभुवन आर्मीलाई रोक्दै आयोजक सेमीफाइनलमा

177 पटक हेरिएको
Clock २०८१ पुष ८, सोमबार २०:०१
-- Sponsored --

AI सारांश

Fast AI

१. आयोजक फिदिम स्पोर्टिङ क्लबले त्रिभुवन आर्मी फुटवल क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजीत गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ।
२. टाइब्रेकरमा आयोजक क्लबका गोल रक्षक मिराक खजुमले सनसनीपूर्ण प्रदर्शन गरेपछि विभागीय टोली त्रिभुवन आर्मी आयोजक क्लबसँग स्तब्ध बनेको हो।
३. प्रतियोगिताअन्तर्गत भोलि मछिन्द्र फुटवल क्लब काठमाडौं र न्यू स्टार क्लब सुनसरीवीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो।

रवीन्द्र काफ्ले

पाँचथरको फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकपअन्तर्गत आज सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी फुटवल क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजीत गर्दै आयोजक फिदिम स्पोर्टिङ क्लब सेमीफाइनलमा प्रवेश गरेको छ।
फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताअन्तर्गत आज भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा आयोजक क्लबका गोल रक्षक मिराक खजुमले सनसनीपूर्ण प्रदर्शन गरेपछि विभागीय टोली त्रिभुवन आर्मी आयोजक क्लबसँग स्तब्ध बनेको हो।

टाइब्रेकरमा आयोजकका लागि आशिष चापागाँई, विशाल दर्जी, राम वाजी र निरोज लिङदेनले गोल गरेका गर्दा सुकराज राईको प्रहार त्रिभुवन आर्मीका गोल रक्षक नवीन परियारले रोक्न सफल हुनुभयो। यता आर्मीका तर्फबाट निरजकुमार घिसिङ र सन्तोष केसीको प्रहार मात्रै गोल हुन सक्यो। आर्मीका सिद्धान्त चौधरी र सुजीत शाहीको प्रहार रोक्दै आयोजक टिमका गोलरक्षक मिराक खजुमले आफ्नो टिमको जीत निश्चित गर्नुभएको थियो।

प्रतियोगिताको उद्घाटन खेलको टाइब्रेकरमा समेत भारतको कर्साङ फुटवल क्लबका खेलाडीको प्रहार रोकेर आयोजक टोलीका गोल रक्षक खजुमले आफ्नो टिमको क्वाटरफाइनल यात्रा निश्चित पार्नुभएको थियो। आजको खेलको म्यान अफ दी म्याच (उत्कृष्ट खेलाडी) आयोजक टिमका रक्षक विशाल दर्जी घोषित हुँदै रु. १० हजार पुरस्कार प्राप्त गर्नुभयो। आजको खेलमा चोट लागेर घाइते बनेपछि फिदिमका रक्षक (डिफेन्डर) प्रकाश धमलाले मैदान छाड्नु परेको थियो।
प्रतियोगिताअन्तर्गत भोलि मछिन्द्र फुटवल क्लब काठमाडौं र न्यू स्टार क्लब सुनसरीवीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो । पुस १५ गते सम्पन्न हुने प्रतियोगिताका विजेता टोलीले रु. १० लाख तथा उपविजेता टोलीले रु. पाँच लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win