पाँचथर । पथरी–११ फुटबल क्लबलाई हराउदै मछिन्द्र फुटबल क्लब पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
फिदिम मा.विको खेल मैदानमा आज भएको पहिलो सेमिफाइल खेलमा मछिन्द्रले पथरी–११ लाई ३–१ गोलले हरायो । मछिन्द्रका विदेशी खेलाडी स्टेफेनले,अर्का खेलाडी विशाल घलान र नवयुग श्रेष्ठले समान एक एक गोल गरे।
पथरी–११ का विदेशी खेलाडी अर्मान्ड बेदमले एक गोल फर्काएका थिए। आजको मेन अफ दि म्याच मछिन्द्रका स्टेफेन बनेका छन् भने उनले नगद रु ७ हजार ५ सय पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेल फागनु २९ गते चर्च व्बोइज फुटबल क्लब काठमाडौँ र नमो बुद्ध युथ क्लब सप्तरीबीच प्रतिस्पर्धा हुनेछ।
फागुन २४ गते शनिबारदेखी शुरु भएको प्रतियोगितामा ४ ओटा ए डिभिजन टोलि सहित ८ टोलिको सहभागिता रहेको छ। ५ औँ संस्करणको पाँचथर गोल्डकपको फाइनल खेल चैत्र २ गते हुनेछ ।
प्रतियोगिताका विजेताले उपाधी सहित नगद ११ लाख १ हजार १ सय ११ प्राप्त गर्दा उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ। विद्यागतर्फ पनि पुरस्कारको व्यवस्था रहेको आयोजक पाँचथर क्लब पाँचथरका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए।
तस्वीर-गोलनेपाल